शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीकर्मी यादव सम्मानित

शनिबार, ०३ असोज २०७७, २० : २९
शनिबार, ०३ असोज २०७७

सिरहा । संविधान दिवसको अवसरमा रातोपाटीकर्मी रामभरोसी यादव सम्मानित भएका छन् । रातोपाटीकर्मी यादवसँगै कोरोना महामारीको फ्रन्टलाइनमा खटिएर सेवा प्रदान गरेका २२४ जना व्यक्तित्व सम्मानित भएका हुन् । 

सम्मानित हुनेमा रातोपाटीकर्मी यादव, नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य देवकुमार यादवसहित ७ जना सञ्चारकर्मीलाई शनिबार जिल्ला प्रशासन कार्यालय सिरहाले सम्मानित गरेको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले कोभिड–१९ संक्रमण जोखिम न्यूनीकरणका लागि बनाइएको संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा समितिले संविधान दिवसका अवसरमा गम्छा र कदरपत्रले सम्मान गरेको जानकारी दिए । 

रामभरोसी यादव रातोपाटीका सिरहा प्रतिनिधि हुन् । प्रशासनले सञ्चारकर्मीसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिलाई पनि सम्मान गरेको थियो । 

यस्तै नेपाल रेडक्रस सोसाइटी सिराहा शाखाले आफ्नो मातहतका पाँचजना एम्बुलेन्स चालकलाई जोखिम भत्ता दिने घोषणा गरेको छ । संविधान दिवसका अवसरमा शाखा र उपशाखामातहतका एम्बुलेन्स चालकलाई कोभिड– १९ मा खटिएको प्रोत्साहनस्वरूप १५–१५ हजार जोखिम भत्ता दिने घोषणा गरेको रेडक्रस सिराहाका सभापति राजदेव यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप