बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा साउनयता १७ जना फरार प्रतिवादी पक्राउ

शनिबार, ०३ असोज २०७७, २० : ०९
शनिबार, ०३ असोज २०७७

घोराही । सामूहिक बलात्कार मुद्दामा दोषी ठहर भइ अदालतबाट १० बर्ष कैद फैसला भएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको राप्ती गाउँपालिका– ३ मसुरिया निवासी २८ बर्षीय अनिल घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतले २०७३ साल असोज २७ गते एउटा सामूहिक बलात्कार मुद्दामा घर्तीलाई दोषी ठहर गर्दै १० बर्ष १९ दिन कैद फैसला सुनाएको थियो । 

सर्वोच्चको फैसलालगत्तै फरार रहेका घर्ती राप्ती गाउँपालिकाको– ३ स्थित पाखापानीमा लुकिछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डीएसपी सुमित खड्काका अनुसार घर्तीलाई दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशमा जेल चलान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले साउनयता मात्रै अदालतवाट अपराधि ठहर भइ फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरिएको खड्काले जानकारी दिए । 

कतव्र्य ज्यान मुद्दाका शान्तुराम चौधरी, पुण्यप्रशाद चौधरी, विनोद विक, नरेश बुढाथोकी, सुरेश नेपाली पक्राउ परेका छन् । त्यस्तै जवरजस्ती करणी मुद्दमा अदालते दोषी ठहर गरेका अनिल घर्ती, सन्दीप चौधरी, शरद शिलवाललगायत रहेको जिल्ला प्रहरी प्रबक्ता खड्काले जानकारी दिए ।

दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले फरार अभियुक्त पक्राउ अभियान जिल्लाभरी चलिरहेको र अदालतबाट दोषी भइ कैद तोकिएर फरार रहेकाहरुको खोजीकार्य व्यापक पारिएको बताए । साथै उनले फैसला कार्यान्वयन गर्ने कुरालाइ प्रहरीले प्राथमिकतामा राखेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप