मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस आन्दोलनकारी युवाहरुले मनाए संविधान दिवस (फोटो फिचर)

शनिबार, ०३ असोज २०७७, १९ : ५०
शनिबार, ०३ असोज २०७७

जनकपुर । मधेस आन्दोलनकारीको एक समुहले पहिलो पटक  दिप प्रज्वलन गरी संविधान दिवसन मनाएको छ । असोज  ३ नेपालको संविधान २०७२ जारी भएको दिनको स्मरणमा जनकपुरधामको जानकी चोकमा यूवाहरुले झण्डातोलनसहित दिप प्रज्वलन लगायतका कार्यक्रम गरी संविधान दिवस मनाएका हुन् । 

५ वर्षपछि यूवाहरुले सार्वजनिक रुपमा सार्वजनिक स्थलमा कालो दिवसको विरोध गर्दै औपचारिकरुपमै प्रदेश सरकार र जसपा नेपाललाई चुनौती दिँदै संविधान दिवस मनाएको छन् । मधेसकेन्द्रित दलहरूले असोज ३ लाई कालो दिवसको रुपमा मनाइरहदाँ मधेसी यूवाहरुले भने कालो दिवसको विरोध गर्दै संविधान दिवस मनाए ।

जनता समाजवादी पार्टी नेपालका युवा नेता सुशील कर्णको अगुवाइमा संविधान दिवस कार्यक्रम मनाइएका हुन् । युवा नेता सुशील कर्णले संविधानमा केहि त्रुटी रहेको तर जसरी सत्तामा बसेर प्रदेश नम्बर २ को सरकारले सोही संविधानलाई टेकेर सत्तामा रहेर संविधानको विरुद्धमा बोल्नु लज्जास्पद कुरा रहेको बताए ।

उनले स्पष्ट पार्दै भने, 'संविधानको विभिन्न धारा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्ने गरेकाले हामीले सो कार्यको विरोध गरेका हौँ ।' भ्रष्ट, नौटंकी र लासको राजनीतिविरुद्ध आफूहरूले संविधान दिवस मनाएको  युवा अभियन्ता किसन मण्डलले बताए ।

युवा अभियान्ता मण्डलले भने, 'मधेश र मधेशीको नाममा सत्ताको राजनीति गर्नेहरू छताछुल्ल भइसकेका छन् । ३ सय ६४ दिन संविधान मन पराउने, तर एकदिन मात्रै मन नपराउने, जनताले द्वैध चरित्र बुझिसकेका छन् । '

अर्को तर्फ जसपा नेपालले प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको अगुवाइमा विरोध सभा कार्यक्रम मनाइएको थियो ।

ब्लैक आउट कार्यक्रम असफल

जसपा नेपालले जनकपुरधाममा साढे ६ बजे देखि १५ मिनेटसम्म गर्ने भनिएको ब्लैक आउट कार्यक्रम असफल भएको छ ।

एका तर्फ युवाहरुले जसपा नेपालले मनाएको कालो दिवस कार्यक्रमको विरोध गरेपछि जसपाले घोषणा गरेको ब्लैक आउट कार्यक्रम असफल भएको छ ।

ब्लैक आउट कार्यक्रम रहँदा समेत युवाहरुको एक समुहले जानकी चोकमा दिप प्रज्वलन गरी संविधान दिवस मनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप