बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रौतहट कारागार बाट ५ जना कैदीबन्दी रीहा

शनिबार, ०३ असोज २०७७, १९ : ४३
शनिबार, ०३ असोज २०७७

रौतहट । रौतहट कारागार गौर बाट ५ जना कैदीबन्दी रिहा भएका छन । संविधान दिवसको अवसरमा देशभरीको ५९४ जना कैदीलाई रिहागर्ने मन्त्रिपरिषदले गरेको निर्णय अनुसार शनिवार रौतहट कारागार गौरबाट ५ जना कैदीबन्दी रिहा भएको हो ।

रिहा हुनेमा २ जना ज्यानमार्ने उधोग,२ जना सवारी ज्यान र १ जना कृते मुद्धामा सजाय काटीरहेका कैदीरहेको गौर कारागारका निमित जेलर सम्भुप्रसाद यादवले जानकारी दिए । जिल्ला अदालत गौरले कसुर ठहरगरी पाँचैजनालाई छुटा छुटै ईजलासले तोकेको सजायको आधा ५० प्रतिसत भुक्तानी गरीसकेको जेलर यादवले जानकारी दिएका छन् । 

पाँचै जना पुरुष कैदीबन्दीलाई एक कार्यक्रमको आयोजना गरेर रिहा गरिएको जिल्ला कारागार गौरले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप