भोकको मलामी
शनिबार, ०३ असोज २०७७, १९ : ०३

-मनोज कार्की
बिहानै नाम्लो लिएर
बिहानै रिक्सा लिएर
ठेला वा गाडा लिएर
निस्कने गरेका भोकहरु
आज आफै मरणासन्न छन्।
उठ्नु परेको छैन हातमा ठेलाहरु
बस्नुपरेको छैन थाप्लामा राता डामहरु
न त कम्मरमा पटुका नै कस्नु परेको छ
यति धेरै सुख दिने हजुरीमा दिँदै सलामी
खालि पेट आज गईरहेछ
भोकको मलामी।
डालाका दाल, चामल अनि पिठो सम्झेर
कोक्रोका दूध, दबाई अनि लिटो सम्झेर
जिन्दगीका जिजीबिषा सारा गर्दै चलानी
खालि पेट आज गइरहेछ
भोकको मलामी।
कुद्नु परेको छैन मृगतृष्णा फड्को मारि
खेल्नु परेको पनि छैन भिडसँग पौठेजोरी
न त जिउ पसिनाले निथ्रुक्क पार्नै परेकोछ
सम्झेर चपाएको चामल अनि चौलानी
खालि पेट आज गईरहेछ
भोकको मलामी।
बराहक्षेत्र, सुनसरी l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा वार्षिक ६० अर्ब रुपैयाँ बचत हुन्छ’
-
अस्ट्रेलियामा डुबेर मर्नेको सङ्ख्या ७ पुग्यो
-
उद्योगीको ‘लबिङ’मा ४५० केजीको ग्यास सिलिन्डर आयातको तयारी
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने
-
इस्टर युद्धविराम : युक्रेन र रुसले लगाए एक अर्कालाई आरोप
-
चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन प्रतियोगिता