मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतविरुद्ध जासुसीको आरोपमा नेपाली युवा पक्राउ

शनिबार, ०३ असोज २०७७, १८ : १२
शनिबार, ०३ असोज २०७७

काठमाडौँ । दिल्ली प्रहरीले जासुसीको अभियोगमा एक नेपाली पुरुष र चिनियाँ महिलालाई पक्राउ गरेको जानकारी शनिबार दिएको छ । उनीहरुविरुद्ध जासुसीको जालो खडा गरेर स्वतन्त्र पत्रकार राजीव शर्मामार्फत काम गरेको आरोप छ । 

यसअघि १४ सेप्टेम्बरमा सुरक्षा तथा विदेश मामिला हेर्ने भारतीय पत्रकार शर्मालाई दिल्लीस्थित स्पेशल सेलले पक्राउ गरेको थियो । उनीविरुद्ध सुरक्षा दृष्टीले महत्वपूर्ण दस्तावेजहरुको जासुसी गरेको अभियोग थियो । प्रहरीका अनुसार नेपाली युवाले ती दस्तावेजहरु चिनियाँ महिलालाई उपलब्ध गराउने गरेका थिए । त्यसबापत उनीहरुमार्फत ती पत्रकारले राम्रो रकम पनि पाउने गरेका थिए । 

प्रहरीले पक्राउ परेकी चिनियाँ महिला र नेपाली पुरुषको नाम भने सार्वजनिक गरेको छैन । उनीहरुको साथबाट ठूलो परिमाणमा मोबाइल सेट, ल्यापटपसहितका महत्वपूर्ण सामाग्रीहरु बरामद गरिएको प्रहरीको भनाई छ । बरामद गरिएका मोबाइल तथा ल्यापटपलाई रिकभर गरेर थप अध्ययन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

स्पेशल सेलका डीसीपी सञ्जिवकुमार यादवले उनीहरूले दिल्लीको महिपालपुरमा एउटा कम्पनी खोलेका थिए । त्यही कम्पनी मार्फत कारोबार भइरहेको थियो । चिनियाँ गुप्तचरलाई पत्रकार शर्माले सन् २०१६–२०१८ बिचका दस्तावेज दिएको डीसीपी यादवको दावी छ । 

को हुन् शर्मा ?
दिल्लीको पिताम्पुरा निवासी राजिव शर्माले यसअघि युनाइटेड न्युज अफ इन्डिया, द ट्रिब्युन, फ्रि प्रेस जर्नल र अन्य धेरै पत्रिकामा लेखिसकेका छन् । उनी दुुई देशकदेखि सुरक्षा र वैदेशिक मामिला बिटमा कलम चलाउँछन् । 

पत्रकार आदित्य राज काउलका अनुसार शर्माले चिनियाँ पत्रिका ग्लोबल टाइम्समा पछिल्लो केही वर्षदेखि स्तम्भ लेख्दै आएका थिए, ग्लोबल टाइम्स चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र हो । 

केही समयअघि मात्रै उनले बेइजिङ र दिल्लीले वार्ताका लागि नयाँ रोडम्याप अघि सार्नुपर्ने तर्क गर्दै ग्लोबल टाइम्समा लेख लेखेका थिए । ग्लोबल टाइम्ससँगै उनले बामपन्थी निकट पत्रिका द क्विन्ट, डेली जिरोलगायतमा पनि लेख्ने गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप