बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घर आँगनमा सरकार पुगेको अनुभूति दिलाउने प्रयासमा छौं : मुख्यमन्त्री भट्ट

शनिबार, ०३ असोज २०७७, १८ : २०
शनिबार, ०३ असोज २०७७

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै प्रकारका कानूनलाई संविधानको भावना र मर्म अनुकूल बनाएर प्रदेशवासीको घरआँगनमा सरकार पुगेको अनुभूति दिलाउन प्रदेश सरकार लागिपरेको बताएका छन् । 

संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड—१९ को विषम परिस्थितिमा मनाउन लागिएको यस वर्षको संविधान दिवसले सबै प्रकारका विषम परिस्थितिको सामना गर्न र प्रदेशवासीको हित एंव समृद्धिमा एकजुट भई लागि पर्न हामी सबैलाई सुखद अनुभूति भएको बताए ।

स्वदेश र विदेशमा रहनुभएका नेपालीलाई सुख, शान्ति र समृद्धिको लागि शुभकामना दिँदै उनले सन्देशमा अहिलेको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्याउन सहादत प्राप्त गर्नुभएका ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

तीन जना कैदीको बाँकी कैद मिनाहा  

नेपाल सरकारको निर्णयबमोजिम कैलाली कारागारमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका तीनजना कैदीको बाँकी कैद मिनाहा गरिएको छ ।

कारागार शाखाका प्रमुख महेन्द्रसिंह खड्काले कत्र्यव्य ज्यान मुद्दाका एक र सवारी ज्यान मुद्दाका दुई जनाको बाँकी कैद मिनाहा गरिएको जानकारी दिए । १५० जना कैदीबन्दी अटाउन सक्ने क्षमताको कैलाली कारागारमा हाल दुई आश्रित बालकसहित ३३ महिला र ४८० पुरुष कैदीबन्दी रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप