मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पानीमा डुबेर रौतहटमा एक बालकको मृत्यु, दुईको अवस्था गम्भीर

शनिबार, ०३ असोज २०७७, १७ : ५२
शनिबार, ०३ असोज २०७७

रौतहट । रौतहटको मौलापुर नगरपालिका अन्तरगत पानीमा डुबेर एक बालकको ज्यान गएको छ । सँगै डुबेका अन्य दुईजना बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मौलापुर नगरपालिका– ३ गमहरियाका रामप्रवेश यादवको छोरा बर्ष ५ का रविकिसन यादवको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्सपेक्टर राकेश यादवले जानकारी दिए । 

सँगै डुबेका सोही ठाँउका छोटेलाल यादवको बर्ष ६ का मेघनाथ यादव र बर्ष ४ का अमित यादवको वीरगञ्जस्थित उपचार भइरहेको छ ।

मेघनाथको अवस्थामा सुधार भइरहेको र अमितको अवस्था गम्भीर रहेको इन्स्पेक्टर यादवले जानकारी दिए ।

अत्यधिक गर्मी लागेर शनिवार दिउँसो तिनैजना बालक गमहरिया गाँउछेउ सहिद चौक नजिकै खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए ।

स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि वीरगञ्ज जानेक्रममा एकजना बालक रविकिसनको बाटोमै मृत्यु भएको इन्स्पेक्टर यादवले बताए ।

मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप