केन्द्रीय संस्करण

संविधान संशोधनको माग गर्दै जसपाद्वारा गौरमा विरोध प्रदर्शन

person explore access_timeअसोज ३, २०७७ chat_bubble_outline0

रौतहट । संविधान दिवसको दिन ‘कालो दिवस’ भन्दै संविधान संशोधनको मागसहित जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् ।

जनता सामाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलको अगुवाइमा तुल ब्यानरसहित गौरमा विरोध प्रदर्शन भएको हो ।

केपी शर्मा ओली सरकार विरोधी विभिन्न नारा लगाउँदै गौरस्थित बिपी चौकबाट सुरु भएको जुलुस प्रदर्शन धड्खन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा राजपाका नेता अनिल सिंह, रेवन्त झा, प्रदेश सांसद बाबुलाल साह, पूर्वसभासद बब्न सिंह, बृजकिशोर यादव, किरण साह, राजकुमार दास, बौधिमाई नगरप्रमुख राजीव रञ्जन यादव, माधन नारायण नगरप्रमुख वीरेन्द्र यादवलगायतले अबिलम्ब संविधान संशोधन गरी मधेशी, मुस्लिम, दलित, आदिबासी जनजातीलगायतको हक अधिकार सुनिश्चत गर्न माग गरेका थिए ।

विरोध प्रदर्शन कार्यक्रममा जिल्लाभरीका जसपाका दर्जनौं कार्यकर्ताको सहभागिता रहेको थियो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.