बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकका १ सय ८६ पहिरो पीडितलाई  युवा संघको राहत

शनिबार, ०३ असोज २०७७, १६ : १०
शनिबार, ०३ असोज २०७७

नेकपा निकट युवा स‌ंगठन राष्ट्रिय युवा संघले सिन्धुपाल्चोकका १ सय ८६ परिवारलाई राहत वितरण  गरेको छ । शनिबार बाह्रबिसे नगरपालिका वडा नम्बर ७ स्थित भिरखर्क र नागपुजेका पहिरो प्रभावितलाई चामल, दाल, तेल, दाल लगायतका खाद्य सामग्री वितरण गरेको हो । 

प्रतिपरिवार १ बोरा चामलका दरले १ सय ८१ बोरा चामल, २५ र ३० किलोको १४ बोरा दाल,  १ सय ९० लिटर तेल, ८० किलो नुन वितरण गरिएको  संगठनका संयोजक रामप्रसाद सापकोटा दीपशीखाले बताए । उनले पूर्ण क्षति भएका १६ घरलाई केही दिनपछि जस्तापाता वितरण गर्ने पनि जानकारी दिए। 

संघले बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनलाई पीडितलाई वितरणका लागि राहत सामग्री हस्तान्तरण गरेसँगै उनले राहत सामग्री उपलब्ध गराएकोमा  आभार प्रकट गरिन । पीडितलाई नगरपालिकाको संयोजनमा शनिवार राहत वितरण सम्पन्न गरिएको छ । 
गत भदौ २८ गते राति गएको पहिरोको घटनामा  बाह्रबिसेको नागपुजे र भिरखर्कका १६ जनाको शव प्राप्त भएको छ भने १५ जना हराइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप