शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सराङकोट जोड्ने केबलकार निर्माणको काम लम्बियो

शनिबार, ०३ असोज २०७७, १६ : १०
शनिबार, ०३ असोज २०७७

काठमाडौँ । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लक डाउनका कारण पोखराको फेवाताल किनार सेबगरबाट सराङकोट जोड्ने केलकबार निर्माणको काम लम्बिएको छ ।

बैशाख महिना अघि नै निर्माण सम्पन्न गर्ने योजना रहेपनि २ हजार २ सय ७५ मिटर लामो अन्नपूर्ण केवलकार निर्माणको काम लक डाउनका कारण पछि धकेलिएको हो । 

केवलकारबाट मनमोहक दृश्य सहित बिहानीको सराङङकोटको सूर्योदय देख्न पाईने भएकोले पर्यटकहरुको आकर्षण केन्द्र बन्ने दावी निर्माण कम्पनीको छ । 

लकडाउनका कारण जापानबाट आउनुपर्ने प्राविधिक टोली नआएका कारण केवलकारको केही काम रोकिएको अन्न्पुर्ण केवलकारका सुपरभाइजर अरुण कोइरालले बताए । 

केवलकारमा प्रतिघण्टा ६ सय जनाले यात्रा गर्न सक्छन् । ३६ वटा गण्डोला राख्ने डिजाईन भएपनि तत्कालका लागि १७ वटा यात्रु बोक्ने र एउटा सामान बोक्ने डिब्बा जडान हुनेछ । 

सुरुमा १ अर्वमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि समयमै काम सम्पन्न नहुँदा निर्माण लागत बढेर डेढ अर्व पुग्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप