केन्द्रीय संस्करण

इरानमाथिको नयाँ अमेरिकी प्रतिबन्ध कति अर्थपूर्ण ?

person explore access_timeअसोज ३, २०७७ chat_bubble_outline0

इरानमाथिको प्रतिबन्धलाई फेरि लम्ब्याउने र हतियार खरिदमा लगाइएको रोक पनि अक्टुुबरमा समाप्त नहुने अमेरिकी सरकारले जनाएको छ । इरानका लागि ट्रम्प सरकारमा प्रतिनिधि रहेका एलिय अब्राम्सले आज मध्यराति १२ बजेपछि यो प्रतिबन्ध सुरु हुने बताए । यद्यपी, चीन, रुस र अमेरिकाका सहयोगी युरोपेली देशहरुले यो फैसलाको विरोध गरेका छन् । 

यस्तो छ प्रतिबन्ध 
मार्च २००७ मा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले इरानमाथि हतियारको व्यापारलाई लिएर प्रतिबन्ध लगाएको थियो । परिषद्ले ईरानको परमाणु कार्यक्रममा संलग्न सबै मानिसहरुमाथि भ्रमण प्रतिबन्ध लगाएको थियो र उनीहरुको सम्पत्ति पनि फ्रिज गरिदिएको थियो । 
२०१० मा पनि प्रतिबन्ध लगाइयो, जसअनुसार इरानले सैन्य हेलिकोप्टर र मिसाइलजस्ता  ठूला हतियार किन्न सक्दैन । 
वर्ष २०१५ मा इरानले अमेरिका, बेलायत, फ्रान्स, चीन रुस र जर्मनीसँग परमाणु सम्झौता गरेको थियो । जसअनुसार ईरानले आफ्नो परमाणु कार्यक्रम सिमित गर्ने र उसमाथि लागेको आर्थिक प्रतिबन्ध हाउने उल्लेख थियो । यस सम्झौताअनुसार हतियारमाथि लागेको प्रतिबन्ध २०१८ अक्टबुरमा हट्ने थियो ।  तर त्यसअघि नै २०१८ मा अमेरिकी सरकारले यस सम्झौताबाट आफु बाहिरिएको घोषणा गरे । यद्यपी, अन्य देशहरुले भने उनीहरु सम्झौतालाई कार्यान्वयन गर्न तयार रहेको बताएका थिए । 
प्रतिबन्धबारे अमेरिकालाई आफ्नै सहयोगी देशहरुले साथ दिएका छैनन् ।
 बेलायत, फ्रान्स, जर्मनीले शुक्रबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई चिट्ठी लेख्दै २० सेप्टेम्बरदेखि इरानमाथितको प्रतिबन्ध हट्नुपर्ने जनाएका छन् । 
अमेरिकाले गत महिना सुरक्षा परिषद्मा यस प्रतिबन्धलाई अघि बढाउने प्रयास गरेको थियो, अमेरिकाको आरोप ईरानले २०१५ को सम्झौता उल्लंघन गरेको भन्ने थियो । 
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफ्नै सहयोगी देशहरुमाथि ईरानलाई साथ दिएको आरोप लगाएका थिए । 

२० अगस्टमै अमेरिकाले इरानमाथि फेरि प्रतिबन्ध लगाउन प्रस्ताव लगेको थियो । उनले आफ्नोतर्फबाट एक महिनापछि प्रतिबन्ध लाग्ने घोषणा त्यतिबेलै गरेको थियो । तर संयुक्त सुरक्षा परिषद्का १५ मध्ये १३ देश अमेरिकाको विरुद्धमा छन् । यस्तोमा सुरक्षा परिषद्ले कुनै निर्णय गर्न नसक्ने जनाइसकेको छ । अधिकांश देशहरुले आफै इरानसँगको व्यापारलाई अघि बढाउने भएकाले अमेरिकी प्रतिबन्धको खासै अर्थ नरहने जानकारहरु बताउँछन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.