कुलमानका समर्थकलाई कुटेको घटना छानविन गर्न एसएसपीको नेतृत्वमा समिति
काठमाडौँ । विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा सहभागि बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि प्रहरी दमन भयो ।
उनीहरुलाई सिनियर प्रहरी अधिकृतले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै महानगरीय प्रहरी कार्यालयले सो घटनाबारे छानविन थालेको छ ।
प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा समिति बनाएर छानविन सुरु गरिएको महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले रातोपाटीलाई बताए ।
उनले भने–‘बिजुलीबजार र बवरमहलमा भएका घटना छानबिन गर्न समिति बनाएका छौं । छानविन प्रतिवेदन अनुसार थप प्रक्रिया अगाडि बढ्छ ।’
छानविन समितिमा प्रहरी नायब उपरीक्षक (डीएसपी) भावेश रिमाल र इन्सपेक्टर विष्णु प्रदिप बस्याल सदस्य छन् । समितिलाई ५ दिनको सयम दिइएको छ ।
बिहीबार (१ असोज)मा माइतिघर मण्डलातर्फ जाँदै गर्दा हन्ड्रेड्स (१००) ग्रुपका बब्लुलाई प्रहरी निरीक्षक केशर न्यौपाने नेतृत्वको टोलीले अमानविय तवरले लाठी र बुटले कुटेका थिए । इन्सपेक्टर न्यौपाने नेतृत्वको टोलीले उनलाई झम्टीझम्टी कुटेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
त्यस्तै शुक्रवार बिजुलीजार पुलमा अनामनगरका मनिष श्रेष्ठलाई प्रहरीले निर्घात कुटेका थिए । प्रहरीको कुटाइबाट घाइतेको उनको रक्ताम्मे फोटो, भिडियो पनि सामाजिक सञ्जामा भाइरल छ । श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सो घटना छानविन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको थियो ।
पत्रकारलाई दुर्व्यवहारबारे मौन
समाचार संकलन गरेकै निहुँमा फोटो पत्रकार क्लवका सदस्य चन्द्र बहादुर आले र अनलाइन खबरका पत्रकार रोयल आचार्यलाई प्रहरीले बानेश्वरमा दुव्र्यवहार गरे ।
महानगरीय नगर प्रहरी कार्यालयका इन्सपेक्टर डिल्लीराज सापकोटा नेतृत्वको टोलीले दुव्र्यवहार गरेको घटना छानविन गर्न पत्रकार महासंघले आग्रह गरेको छ । तर, सो घटना चाहिँ ‘सामान्य’ भन्दै महानगरीय प्रहरी कार्यालय मौन बसेको छ ।
‘अहिले गठित समितिलाई पत्रकार दुव्र्यवहारको घटना छानविन गर्ने कार्यादेश छैन्,’ महानगरीय प्रहरी कार्यालयका डिआईजी पोखरेलले रातोपाटीसँग भने ।
स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेर पक्राउ प्रयास गरेको उल्लेख गर्दै महासंघका महासचिव रमेश विष्टले विज्ञप्तिमार्फत भनेका छन्– ‘महासंघ प्रेसमाथि भएको ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण