शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दाङको घोराही र तुलसीपुर कारागारबाट १७ कैदीबन्दी रिहा

शनिबार, ०३ असोज २०७७, १५ : ०७
शनिबार, ०३ असोज २०७७

दाङ । संविधान दिवसको अवसरमा दाङको घोराही र तुलसीपुर कारागारबाट १७ जना कैदीबन्दी रिहा भएका छन् । तुलसीपुर कारागारबाट ६ जना र घोराही कारागारबाट ११ जना कैदी छुटेका हुन् । 

असल आचरण भएका, नकारात्मक सूचीमा नपरेका र ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीको कैद मिनाहा भएको तुलसीपुर कारागारका जेलर युवराज परियारले बताए । 

तुलसीपुर कारागारबाट सवारी ज्यान मुद्धाका २ जना, डाँका चोरी मुद्धाका १ र नकावजनी चोरी मुद्धाका ३ जना कैदी बन्दी रिहा भएका हुन् । 

त्यस्तै घोराही कारागारमा २८७ जना कैदीबन्दीमध्ये ११ जना छुटेको कारागारका जेलर बिष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप