शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतीय ‘सिटी कार दिगो ई८’को बुकिङ खुल्ला, बाइककै खर्चमा चढ्न सकिन्छ कार

शनिबार, ०३ असोज २०७७, १४ : ५६
शनिबार, ०३ असोज २०७७

काठमाडौं । नेपालमा विद्युतीय बाहनको विकासतर्फ अघि बढाउँदै दिगोले आफ्नो विद्युतीय सिटी कार दिगो ई८ को बुकिङ सुरु गरेको छ । दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ उर्जा कम्पनी हो ।

दिगो ई८
दिगो ई८ मा आधुनिक र ताजा डिजाइन देखिन्छ, जसले तत्काल ध्यानआकर्षित गराउनुका साथै दीर्घकालीन प्रभाव छाड्छ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार हो । दिगो ई८ नविन डिजाइन र उन्नत प्रविधिको मिश्रण हो, जसले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्छ । 

कारको बाहिरी भाग
नयाँपन प्रयोगमा अग्रणी र आधुनिक डिजाइनको दिगो ई८ निकै चित्ताकर्षक छ । ई८ मा रातिको समयमा उत्तम खालको प्रकाश दिने ठूला हेडल्याम्प र दिउँसोको लागि शानदार एलइडी ल्याम्प छन् । शानदार डुअल–टोन डाइमन्ड कलअलो ह्विल र बडी प्यानलको फुर्तिलो क्रिजले गाडीलाई आफ्नो सेग्मेन्टमा अग्रणी, स्पोर्टी र आधुनिक स्वरुप दिएको छ । अग्लो ढक्कन (बोन्नेट)ले ई८ लाई अझ साहसी मुद्रा प्रदान गर्नुका साथै ड्राइभिङमा भरोसा प्रदान गर्दछ । 

ई८ को अगाडिपट्टि कठिन मौसमी अवस्थामा पनि स्पष्ट प्रकाश दिने फगल्याम्प छन् । यो फिचर यस सेग्मेन्टका कारमा पहिलो पटक आएको हो । अगाडिको बम्परले दुवैतिर फराकिलो सेन्टर एयर–ड्याम र एयर डक्टसको भल्को दिन्छ, जसले गाडीलाई चौडा रुप दिएको छ । पछाडि पट्टि मजबुत बम्पर र एलइडी टेललाइट छन् ।

कारको भित्री भाग
आधुनिक, कुशल र मनोहर बनावटले ई८ भित्र पस्दा आकर्षक छ । ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिटसहितको पूर्ण नियन्त्रण व्यवस्था बुझ्न र प्रयोग गर्न सजिला छन् । यसको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, परिष्कृत स्पर्श अनुभूति र प्रिमियम उपकरणको प्रयोगले भविष्यको प्रिमियम वातावरणमा रहेको अनुभूति दिलाउँछ । स्पोर्ट र इको ड्राइभ मोडमा बदल्न मिल्ने अप्सन र अटोमेटिक ट्रान्समिसनले ड्राइभिङ अनुभवलाई सहज र आनन्दित बनाउँछ । सहरी यात्राका लागि यसको स्वचालित गेयर पर्याप्त छ । यसमा न त गेयर बदलिरहनुपर्ने झन्झट छ न कम गतिमा कार अड्किने सम्भावना नै । 

पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन गेयर लिभरले ई८ को भित्री परिवेशलाई अझ मोहक बनाएको छ । यसको रेयर क्यामेराले पछाडिको नदेखिने भाग (ब्लाइन्ड स्पट) लाई कम गराउँदै गाडी ब्याक गर्दा ठोक्किने सम्भावना न्यून बनाएको छ ।  चेप्टो स्टेरिङ ह्विल र आरामदायी लेगरुम/हेडरुमले प्रवेश र गमनलाई आरामदायी बनाउँछ । यसमा कुशलतापूर्वक डिजाइन गरिएको १८ स्टोरेज स्पेस छ, जुन यात्राका क्रममा तपाईंका सरसामान तथा अति आवश्यक वस्तु राख्न पर्याप्त हुन्छ । 

पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभीए यसमा छ । समग्रमा यसको भित्री भाग निकै व्यवहारिक छ, जसले यसका निकै महँगा प्रतिस्पर्धी गाडीमा रहेका सबै फिचरहरु समेटेको छ । 

प्रविधि र कार्यसम्पादन
-दिगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुलचार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५०किलोमिटर माइलेज दिन्छ –एनइडीसी २०० किलोमिटर) । 
-दिगो ई८ माथ्री फेज एसिंक्रोनस मोटर छ जसले प्रभावशाली १८०एनएम टर्क र उच्चतम १५किलोवाट पावर उत्पादन गर्छ ।
-यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ ।

-दिगो ई८ को ‘हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । 
-दिगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।
-सामान्य ड्राइभिङ कन्डिसनमा दिगो इ८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा मात्रैको बिजुली खर्च हुन्छ ।

दिगो ई८ को बुकिङ खुला गर्न आयोजित कार्यक्रममा बोल्दै दिगोका सिइओ हेमन्त पुरानिकले भने, ‘आज हामीले नेपालको अटो उद्योगमा नयाँ अध्याय लेख्न सुरु गरेका छौं । दिगो ई८ को लक्ष्य यात्राको लागि आरामदायी तर मोटरसाइकलको भन्दा कम सञ्चालन खर्चमा गुड्ने कार दिँदै नेपालको अटो उद्योगको नियमलाई पुनः परिभाषित र पुनस्र्थापित गर्नु हो ।’

उनी अगाडी भन्छन्,  ‘कुशल, हरियो र दिगो मोबिलिटी सलुसन्सको भविष्यलाई यथार्थमा बदल्नु आवश्यक छ र हामी अर्को विद्युतीयकार दिगो ई८ को बुकिङ खुलागर्दै त्यसतर्फ एक कदम अघि बढाउन पाउँदा निकै खुसी छौं । हामी इमानदारीपूर्वक के ठान्दछौं भने यदि कोही नयाँ कारको खोजीमा हुनुहुन्छ र विद्युतीयकारको फाइदा लिँदै स्वदेशमै उत्पादित जलविद्युतको प्रयोग बढाएर राष्ट्रलाई मद्दत गर्न चाहनुहुन्छ भने उहाँहरुले दिगो ई८ खरिद गर्ने सोच राख्न सक्नुहुन्छ ।’

विद्युतीय सवारी साधनको आयात गर्दा लाग्ने महसुल र करहरु ह्वात्तै बढे पनि दिगोले ई८ आकर्षक मूल्यमा सार्वजनिक गरेको छ । यो नेपालमा आजको मितिको सबैभन्दा प्रतिस्पर्धी मूल्यको विद्युतीय ह्याचब्याक हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप