केन्द्रीय संस्करण

फिलिपिन्सका राष्ट्रपतिद्धारा संकटकाल एक वर्ष थप

person explore access_timeअसोज ३, २०७७ chat_bubble_outline0

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याएका छन् । कोरोनाभाइरसको महामारीलाई कारण देखाउदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी संकटकाल घोषणा गरेका हुन् ।

घोषणा नं. १०२१ मार्फत् उनले संकटकाललाई लम्ब्याउनु भएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन । 

संकटकाल लम्याउने विषयमा शुक्रबार सार्वजनिक गरिएको छ । तर अहिले घोषणा गरिएको संकटकाल भने यही सेप्टेम्बर १३ देखि अर्को बर्ष सन् २०२१ को सेम्टेम्बर १२ तारिखसम्म लागु हुनेछ । 

यसअघि गत मध्य मार्चमा छ महिनाका लागि मात्रै संकटकाल घोषणा गरिएको थियो । तर कोरोना महामारी नियन्त्रणमा नआएकाले एक बर्षका लागि लम्ब्याइएको सरकारी अधिकारीहरुको भनाई छ ।  

फिलिपिन्समा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथ्यांकहरुले देखाएका छन् ।

महामारीबाट भइरहेको मानवीय क्षति न्युनिकरणका लागि भन्दै फिलिपिन्समा संकटकाल घोषणा गरिएको हो । राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले सवै समाधिस्थलहरु यही अक्टोबर २९ देखि नोभेम्बर ४ तारिखसम्म बन्द रहने पनि जानकारी दिए । 

फिलिपिन्समा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसबाट तीन हजार २५७ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या झण्डै दुई लाख ८० हजार पुगेको छ । ती मध्ये दुई लाख आठ हजार ७९० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

त्यसैगरी कोरोनाभाइरसकै कारण फिलिपिन्समा अहिलेसम्म कुल मृतकको संख्या चार हजार ८३० पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.