बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

शनिबार, ०३ असोज २०७७, १३ : १८
शनिबार, ०३ असोज २०७७

काठमाडौँ । पछिल्लो ८ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट ललितपुरका विभिन्न अस्पतालमा चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । 

ललितपुरको पाटन अस्पतालमा तीन जनाको र मेघा अस्पतालमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले रातोपाटीलाई जानकारी दिए । 

गेलालका अनुसार पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला र भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो । 

त्यस्तै असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप