मैले किन हुँदैन
उकालोको थकान मेट्ने, डाँडैको त्यो चौतारी
छायाँ दिने बरपीपल, सुन्दर शितल छहारी
खोज्छौ ढुङ्गा, राख्छौ त्यतै, भन्छौ “आसन मेरै हो १”
अर्कैकोमा बस्दै भन्छौः “आफ्नो आसन दिन हुँदैन १”
तिमी बस्ने आसनमा, मैले बस्न किन हुँदैन ?
गन्तव्यमा पु¥याउने त्यो नजिकैको गोरेटो
अलमलिन्छौ केही बेर, पुगेपछि दोबाटो
छान्छौ जता, ठान्छौ उतै, “यो बाटो त मेरै हो१”
अर्कैकोमा हिँड्दै भन्छौः “आफ्नो बाटो दिन हुँदैन १”
तिमी हिँड्ने गोरेटोमा मैले हिँड्न किन हुँदैन ?
पूजा गर्छु भन्दै लान्छौ बारीको फूल चुँडाली
गोड्मेल गर्ने, सिंचित गर्ने, को हो ? किंचित् नबुझी
सुगन्ध र सुन्दरतामा देख्छौ “सारा मेरै हो१”
अर्कैकोमा चढाइ भन्छौः “आफ्नो देवता दिन हुँदैन १”
तिमीले पुज्ने देवतालाई मैले पुज्न किन हुँदैन ?
जून देखे शितल राम्रो, घाम लागे घमाइलो
जता हे¥यो त्यतै तिमीलाई आनन्द र रमाइलो
फुर्की भन्छौ “फक्र्यो भाग्य, दिन बार मेरै हुन् १”
अर्कैकोमा रमाई भन्छौः “आफ्नो खुशी दिन हुँदैन १”
तिमी हाँस्ने दिनबारमा मैले हाँस्न किन हुँदैन ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले जित्यो मिसेस हेरिटेजको ताज
-
वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यक : मन्त्री दाहाल
-
अन्डर वर्ल्डको एजेन्ट हुँ भनेर धम्की दिएको आरोपमा चिकित्सक पक्राउ
-
मध्यपश्चिम विश्वविद्यालयका सबै प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा छाप्न माग
-
‘लुट्न सके लुट कान्छा’ शैलीमा सल्लाघारीको ४ रोपनी सरकारी जग्गा ७५ लाखमा !
-
दुर्गा प्रसाईं सिंहदरबार वृत्तको हिरासतमा