राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ ।
दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दको फोटो खिचेर आवश्यक व्यक्तिगत विवरण सङ्कलन गरी सो कामको शुरु गरिएको हो ।
शुक्रबार उपप्रमुखसहित तीन जनाको विवरण सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सङ्कलन कार्य शुरु भएको जानकारी गराउँदै सहायक प्रजिअ लोकेन्द्रसिंह नेगीले राष्ट्रिय परिचय पत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने बताए ।
सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्र बाँडिनेछ । उनले भने, “अबदेखि नागरिकता पाएकै दिन परिचय पत्रको लागि आवश्यक विवरण भरी राष्ट्रिय परिचय पत्र विवरण भर्ने व्यवस्था मिलाइएको छ ।”
राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको काम शुरु भएकाले विवरण सङ्कलन गराउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लावासीलाई आग्रह गरेका छन् ।
परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
दश अङ्कको नम्बर रहेको परिचय पत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ ।
यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचय पत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउँनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड