केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा बढ्दो क्रममा
काठमाडौं – कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । तर, भदौमा मात्रै थप ३१ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ ।
जेठमा ५ हजार ४ सय ७७, असारमा १० हजार ९ सय ६६ र भदौमा ३१ हजार ८१ संक्रमित थपिएका थिए । यो तथ्यांकले संक्रमणको दर अत्यधिक रूपमा बढ्दै गइरहेको संकेत गर्छ ।
परीक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या बढी देखिएको विज्ञहरूले बताएका छन् । पछिल्ला चार महिनामा ८ लाख २७ हजार ८ सय ३ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।
जसअनुसार गत जेठमा १ लाख १० हजार ७ सय १३, असारमा १ लाख ६० हजार १ सय ४६, साउनमा २ लाख १४ हजार ९७, भदौमा ३ लाख ४२ हजार ८ सय ४७ जनाको कोरोना परीक्षण गरिएको हो । १ र २ असोजमा २२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा ३ हजार २ सय ६६ जनामा संक्रमण देखिएको छ ।
देशभर शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि