शनिबार कुन – कुन राशिका लागि शुभ ?
वि.सं.२०७७ साल असोज ०३ गते । शनिबार । ईश्वी सन् २०२० सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–द्वितीया,१६ घडी २२ पला,दिउसो १२ बजेर २४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–हस्त,०५ घडी ०५ पला,बिहान ०७ बजेर ५३ मिनेट उप्रान्त स्वाती । योग–ब्रम्ह,३७ घडी ०६ पला,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त ऐन्द्र । करण–कौलव,दिउसो १२ बजेर २४ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर ११ मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–कन्या,बेलुकी ०७ बजेर ०४ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान ३० घडी २७ पला । संबिधान दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यालयबाट हुने व्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुनाले खुसीले उचाई नाघ्नेछ । पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुनेछ भने थप ठाउमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउँन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धीहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभा समारोहमा तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महशुष हुनेछ भने नतिजा अरुतिर नै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुदा पढाइ लेखाइ भने थाती रहनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी बीच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोवल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागी राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पती जुट्नुको साथै विलासी जीवन व्यातीत गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता