नेल्सन मण्डेलाका वकिलको निधनमा दक्षिण अफ्रिकामा शोक
जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका वकिल एवं रंगभेद विरोधी कानुन व्यवसायी जर्ज बिजोसको निधन भएको छ । उनको सम्मानमा दक्षिण अफ्रिकामा राष्ट्रिय रुपमै शोक प्रकट गरिएको छ । बिजोसको ९२ वर्षको उमेरमा केही दिनअघि निधन भएको थियो । गोरा जातिका भए पनि रंगभेदका विरुद्धमा उनले लामो संघर्ष गरेका थिए ।
सन् १९६४ मा नेल्सन मण्डेलालाई मृत्युदण्ड दिने वा नदिने भन्ने अदालतमा भएको बहसमा बिजोसले बहस गरेका थिए । बिजोसले मण्डेलाका लागि दशकौंसम्म निजी वकिलका रुपमा कार्य गरेका थिए । दक्षिण अफ्रिकाका पूर्व उपप्रधानन्यायाधीश डिकसाङ मोसेनिकेले भने, “मण्डेलाका कालरात्रिका दिनहरुमा बिजोसले ओलिभर टाम्बो र अन्य वरिष्ट नेताहरुका लागि विश्वासिलो राजनीतिक कुटनीतिज्ञका रुपमा सेवा गर्नु भएको थियो ।”
बिजोसले दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने कानुनी लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । दक्षिण अफ्रिकामा दशकौंसम्म श्वेतहरुले अश्वेत जातिमाथि दासताको व्यवहार र शासन गरेका थिए । सन् १९९४ मा रंगभेद अन्त्य भएपछि बिजोसले दक्षिण अफ्रिकी सत्य तथा मेलमिलाप आयोगमा रहेर देशको सेवा गरेका थिए ।
उनले आयोगमा रंगभेदी अपराधका कारण पीडित भएकाहरुका परिवारको प्रतिनिधित्व गर्दै उनीहरुको अधिकार स्थापना गर्नमा योगदान गरेका थिए । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिजोसले कानुन व्यवसायका क्षेत्रमा निष्कलंक एवं महान छवि बनाउन सफल हुनुभएको बताउँदै बिजोसले आजीवन न्यायप्रतिको प्रतिबद्धतालाई उच्च सम्मानका साथ प्रदर्शन गरेको बताए ।
‘ग्रीसमा नाजीलाई विजय प्राप्त गरेसँगै बिजोस १३ वर्षका हुँदा दक्षिण अफ्रिका पुगेका थिए । परिणामस्वरुप, बिजोसमा देश छाड्दा र दोस्रो दर्जाको नागरिक हुँदाका पीडाबोध थिए’ राष्ट्रपति रामाफोसाले भने । मण्डेला कारागारमा रहँदा बिजोसले मण्डेलाको परिवारको हेरचाह गर्नुका साथै सन् १९९० मा मण्डेलाको रिहाईमा सरकारसँगको वार्तामा मुख्य भूमिका निर्वाह गरेका थिए । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृग भनेर हानेको गोली साथीलाई लागेपछि...
-
जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा
-
अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
-
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
-
आजको दिन कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल