शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बसुन्धाराको आइसोलेशनबाट कोरोना संक्रमित थुनुवा फरार

शुक्रबार, ०२ असोज २०७७, २२ : ३२
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका थुनुवा प्रहरीको सुरक्षा घेरामा रहेको आइसोलेशनबाट भागेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा रहेका काभ्रेको नमोबुद्ध नगरपालिका–६ घर भएका रमेश तामाङ शुक्रवार बिहानीपख भागेका हुन् । 

बसुन्धारास्थित कान्तिपुर डेण्टल एण्ड जनरल हस्पिटलको आईसोलेशनाट कोरोना संक्रमण पुष्टि भएका थुनुवा भागेको लागु औषध नियन्त्रण ब्यूराका एसएसपी दिलिप चौधरीले रातोपाटीलाई बताए ।  तामाङमा गौशालाबाट ४ सय सेट नाइट्रोभ्याट, डाईजेपाम र फेनारगन सहित पक्राउ परेका थिए । उनी यसअघि पनि लागुऔषध मुद्धाका फरार आरोपी हुन् । 

शुक्रबार बिहान पौने २ बजेतिर श्रीमतीले उनलाई ट्याक्सीमा हालेर भगाएको प्रहरी स्रोतको भनाई छ । उनलाई पक्राउ गर्न ब्युरोको जम्बो टोली खटिएको छ ।  उनीसँगै प्रहरीका एक इन्स्पेक्टर पनि आईसोलेशनमा थिए । ती इन्सपेक्टर पनि लागुऔषध कारोबारीसँग सम्पर्कमा देखिएपछि पक्राउ  परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप