शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीप नभएका श्रमिकलाई तालिममा पनि तलब, सरकारले आधा खर्च व्यहोर्ने

शुक्रबार, ०२ असोज २०७७, २२ : १८
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । कार्यस्थलबाटै सीप सिकेर दक्षता हासिल गराउने सरकारको योजनालाई सघाउन निजी क्षेत्र तयार भएका छन् । रोजगार सूचना बैंकमा दर्ता भएका बेरोजगारहरुलाई रोजगारी उपलब्ध गराउनको लागि रोजगारस्थलमै सीममूलक तालिम दिनको लागि निजी क्षेत्र सम्बद्ध संघ संस्थाहरु तयार देखिएका हुन् । 

उद्योग मन्त्रालयले सरकार र निजी क्षेत्रको सहलगानीमा यस्तो कार्यक्रम सञ्चालन गर्नेगरी कार्यविधिको मस्यौदा तयार पारेको छ । सो मस्यौदामाथि मन्त्रालयले शुक्रबार फेडेरेसन अफ नेपाल एक्सपोर्ट एशोसिएसन, रोजगारदाता परिषद्, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल इँटा उद्योग महासंघ गार्मेन्ट एशोसिएसन नेपाल, नेपाल कपडा उद्योग संघ, नेपाल उद्यमशील महिला महासंघ लगायतसँग छलफल गरेको थियो । सो छलफलमा औद्योगिक प्रवद्र्धन महाशाखा र लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रमा कार्यरत कर्मचारी समेत उपस्थित थिए ।

उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे नेतृत्वमा बसेको बैठकमा संघहरुले मस्यौंदामाथि संशोधनको प्रस्ताव गर्दै मस्यौंदाको मूलभूत विषयमा सहमति जनाएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए । 
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत् कार्यक्षेत्रमा आधारित सीपमूलक तालिमको अवधारणा ल्याएको थियो । जसअनुसार सीप नभएका व्यक्तिलाई भर्ना गरेर ३ महिनासम्म सीप सिकाएमा सरकारले तालिमबापत रोजगारदातालाई ३ महिनाको आधारभूत पारिश्रमिकको ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो । कार्यविधिमा पनि मूलभूत रुपमा तिनै विषय समेटिएको जनाइएको छ । 

सीप नभएका श्रमिकको तालिमका लागि सरकारले ५० प्रतिशत र रोजगारदाताले ५० प्रतिशत लगानी लगानी गर्ने भएकोले यसलाई निजी क्षेत्र समेतको सह–लगानी भनिएको हो । यो परियोजनाले सीप नभएका बेरोजगार कर्मचारीलाई काममा भर्ना पएको पहिलो दिनदेखि नै पारिश्रमिक पाउने बाटो खुल्नेछ । ३ महिनाको सीममूलक तालिमपछि त्यस्तो कर्मचारी दक्ष हुने र यसले देशमा व्याप्त मजदूर अभावको समस्यालाई समाधान गर्ने विश्वास मन्त्रालयले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप