शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीको दुर्व्यवहार प्रेश स्वतन्त्राताथिको हस्तक्षेप : पत्रकार महासंघ

शुक्रबार, ०२ असोज २०७७, २२ : ०८
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा पत्रकारमाथी भएको दुर्व्यवहार प्रति  नेपाल पत्रकार महासंघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रवार दिउँसो समाचार संकलनका क्रममा फोटो पत्रकार क्लवका सदस्य चन्द्रबहादुर आले र अनलाइन खबर डटकमका रोयल आचार्यलाई प्रहरीले दुर्व्यवहार गरेका थिए ।

स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई प्रहरीले दुब्र्यवहार गरेर पक्राउ प्रयास गरेको उल्लेख गर्दै महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘महासंघ प्रेशमाथि भएको ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ ।’

महानगरीय नगर प्रहरी कार्यालयमा कार्यरत इन्सपेक्टर डिल्लीराज सापकोटा नेतृत्वको टोलीले पत्रकार आचार्य र आलेलाई दुब्र्यवहार गरेको बताइएको छ ।    ‘प्रहरीद्वारा गरिएको सो हर्कत प्रेश स्वतन्त्रतामाथिको हस्क्षेप हो’ महासंघले भनेको छ–‘निर्वाध रुपमा काम गर्ने वातावरण कायम गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षर्ण गराउँदछ ।’ 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले पनि प्रहरी दुर्व्यवहारको भत्र्सना गरेको छ ।  पत्रकार आचार्य आर्थिक पत्रकार संघका केन्द्रिय सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप