शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा अलपत्र परेका तीन नेपाली महिला स्वदेश फर्किए

शुक्रबार, ०२ असोज २०७७, २१ : ४०
शुक्रबार, ०२ असोज २०७७

युएई । इराक र कुवेत लैजान्छु भन्दै दलालमार्फत युएई ल्याईएका ३ नेपाली महिला अन्ततः स्वदेश फर्किएका छन्। गत फागुनमा भारतको नयाँ दिल्ली हुँदै युएई आईपुगेका गोरखा च्याङलिङकी मन्जु घले तामाङ, बुटवल भलवाडीकी फुल कुमारी सेयार र सिन्धुपाल्चोक बोल्दी–६ कि सुक्रानी तामाङ एयर अरेवियाको उडान मार्फत आज नेपाल फर्किएका हुन्। 

आमासँगै आएकी सुक्रानी तामाङकी छोरी सोम्बो तामाङ अझै बेपत्ता छिन्।सँगै आएकी दाङ लालमट्टे–३ कि बिमला दमै भने रोजगारी क्रममा युएईमै बसेकी छिन्।

युएई आएपछि विश्वव्यापी कोरोनाको चपेटा परेका उनीहरुलाई एनआरएनए आईसीसी र एनसीसी युएईले खान वस्नको लागि आर्थिक सहयोग गरेको थियो।करिब ४ महिना देखि गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति अलऐनको संरक्षणमा रहेका पिडित महिलाहरुलाई गैर आवासीय नेपाली संघ युएईका महिला फोरमकी इन्चार्ज कल्पना राई र संयोजक शोभा शर्माले नेपाल पठाउन आर्थिक रकम जुटाएका थिए।

राई र शर्माको अनुरोधमा गैर आवासीय नेपाली संघ एनआरएनए महिला संयोजक भुमा लिम्वुले पिडीतहरुलाई खान बस्नको लागि पन्द्र सय अमेरिकी डलर सहयोग गरेकी थिईन्।भने फिर्ती हवाई टिकट व्यवस्थापन र खर्च माइ ग्रेण्ड एसिया फोरमले करिब सात हजार ८ सय दिर्हाम अर्थात (२ लाख ५० हजार रुपैयाँ) सहयोग गरेको थियो।

गैर आवासीय नेपाल संघ एनआरएनए युएईका केन्द्रीय सदस्य राजन अधिकारीको पहलमा पीडित मध्य २ जनाको पासपोर्ट बंगाली दलाल मार्फत जफत गरिएको, आवस्यक कानुनी प्रक्रिया,प्रहरी रिपोर्ट,कोरोना परिक्षण गरि दूतावासको समन्वयमा उडान अनुमति लिएको थियो।

उनीहरु नेपाल झरे लगतै पौरखी नेपालको संरक्षणमा पुगेका गैर आवासीय नेपाली संघ युएईका महिला फोरमकी इन्चार्ज कल्पना राईले रातोपाटीलाई बताईन्। पौरखी नेपालले पीडित महिलाहरुलाई १४ दिन क्वारेण्टाइन राखी उचित परामर्श दिने राईले बताईन्। पीडितहरुले चाहेमा शिप मुलक तालिम दिइने राईको भनाई थियो।

चौध दिनदेखि ९ महिनासम्म भारतमा राखेर पीडितहरुलाई नेपालका एजेण्ट हिमाली तामाङ, शकर तामाङ, धना र साईला थिङ मिलेर गत फागुनको दोश्रो साता युएईको अजमानमा ल्याएका थिए। युएईका एजेन्ट बंगाली नागरिकले उनीहरुलाई प्रतिव्यक्ति १४ हजार दिराममा स्थानीय म्यानपावर एजेन्सीलाई बेचेको थाहा पाएपछि उनीहरु भागेर गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति अलऐनको सम्पर्कमा आएका थिए।

गैर आवासीय नेपाली संघ ९एनआरएनए० युएईका अध्यक्ष प्रकाश कोइरलाले लामो समय भएपनि पीडितहरुलाई सहज रुपमा स्वदेश फर्काउन सहयोग गर्ने  एनआरएनए क्षेत्रीय समितिका अध्यक्ष उज्वल दाहाल, केन्द्रीय सदस्य राजन अधिकारी,महिला फोरमकी इन्चार्ज कल्पना राई,महिला संयोजक शोभा शर्मा लगाएत सहयोगी सबैलाई धन्यवाद दिएका छन्।

पीडितहरुको सहजीकरणको लागि अध्यक्ष कोइरला सहित केन्द्रीय सदस्य राजन अधिकारी शारहजा विमनस्थल पुगेका थिए। पीडितहरु दिउँसो ४ बजे नेपाल पुगेका थिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप