शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने

शुक्रबार, ०२ असोज २०७७, २१ : ०६
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं। संविधान दिवसको अवसरमा भोलि (असोज ३ गते) युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको छ।
 

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा भोलि साँझ ८ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र अबुधाबीस्थित एडीएनओसी भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको युएईका लागि नेपाली राजदूतले जनाएको छ । 

युएईस्थित नेपाली दूतावासको अनुरोधमा गत वर्षझैं यस वर्ष पनि बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउन लागिएको हो। बुर्ज खलिफाको उचाई ८२९.८ मिटर रहेको छ। बुर्ज खलिफामा गत वर्ष संविधान दिवसको दिनमा पनि नेपालको राष्ट्रिय झण्डा झलमालाइएको थियो।
 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप