केन्द्रीय संस्करण
समाचार

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते गर्न प्रस्ताव

person explore access_timeअसोज २, २०७७ chat_bubble_outline0

काठमाडौं । कोभिड–१९ का कारण पटकपटक रोकिँदै आएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते गर्ने तयारी अघि बढाइएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकले सो मितिमा बैठक गर्ने प्रस्ताव कार्यकारिणी समितिमा लैजाने भएको हो । महासंघका उपाध्यक्ष चन्द्र ढकालले तिहारलगत्तै साधारणसभा गर्ने गरी प्रस्ताव गरेको जानकारी दिए । 

कार्यकाकारिणी समितिले उक्त प्रस्ताव पास गरेर मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि साधारणसभाको मिति निश्चित हुनेछ । यसअघि साउन २६ र २७ गते साधारणसभा गर्ने प्रस्ताव गरिएकोमा मन्त्रिपरिषद्ले समयमा स्वीकृति नदिँदा अन्यौलमा परेको थियो । कोभिडको जोखिम बढेको भन्दै पछि पदाधिकारी बैठकले सो साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो । 

गत चैतमै हुनुपर्ने साधारणसभा असामान्य परिस्थितिपछि पटकपटक सरेको हो । सुरुमा चैत २७ र २८ गतेका लागि तोकिएको साधारणसभाको कार्यक्रम सरकारले देशव्यापी रुपमा आह्वान गरेको लकडाउनका कारण अनिश्चितकालका लागि स्थगित हुन पुगेको थियो । 

साधारणसभाले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्षको पद हस्तान्तरण गर्नेछ भने आगामी कार्यकालको नेतृत्वको रुपमा रहेको वरिष्ठ उपाध्यक्ष तीवनटै विषयगत उपाध्यक्ष छनाट समेत गर्नेछ । आगामी निर्वाचनको लागि वर्तमान दुई उपाध्यक्षहरु चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.