शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : १ सय ४० नयाँ संक्रमित थपिए, २ को मृत्यु

शुक्रबार, ०२ असोज २०७७, १९ : २३
शुक्रबार, ०२ असोज २०७७

प्रदेश नम्बर २ मा शुक्रबार २ जनाको मृत्यूसंगै १ सय ४० जना कोरोना संक्रमित थपिएको छ । यससंगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ भने संक्रमितको संख्या १२ हजार ७ सय ४४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

शुक्रबार धनुषाको सबैला नगरपालिका वडा नम्बर ३ बस्ने ६८ वर्षिय एक पुरुष र बटेश्वर गाउँपालिका वडा नम्बर ५ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ बस्दै आएका ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पर्सामा ४०, बारामा १७, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ९, रौतहटमा ५, सर्लाहीमा ४ र १ जना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा ३६ जना महिला र १ सय ४ पुरुष सहित १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज प्रदेश नम्बर २ मा बारामा ७७, सप्तरीमा २९, पर्सामा १५, सिरहामा ८, धनुषामा ६, रौतहटमा ४ र महोत्तरीमा १ जना संक्रमित भएको छ । प्रदेशमा शुक्रबारसम्म १० हजार ७ सय ४४ पुरुष र २ हजार महिला गरि जम्मा १२ हजार ७ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १ सय ४० जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेशभरमा शुक्रबारसम्म सप्तरीमा १७ हजार ४२, सिरहामा ९ हजार ९ सय ३३, धनुषामा १२ हजार ९ सय ८६, महोत्तरीमा ६ हजार ७ सय ३३, सर्लाहीमा १२ हजार ९ सय ६८, रौतहटमा २२ हजार २ सय ४५, बारामा १० हजार ७ सय ५० र पर्सामा २१ हजार ३ सय २६ गरि जम्मा १ लाख १३ हजार ९ सय ८३ जनाको स्वाब परिक्षण गरिएकोमा १२ हजार ७ सय ४४ जना संक्रमित छन् भने ९८ हजार २ सय ८७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार १ सय ३९, सिरहामा २ सय १४, धनुषामा ३ सय ८०, महोत्तरीमा २ सय, सर्लाहीमा २ सय, रौतहटमा ३ सय ६२, बारामा ३ सय ८९ र पर्सामा ६८ गरि कुल २ हजार ९ सय ५२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ४६, धनुषामा ६१, महोत्तरीमा ४ र पर्सामा ६८ गरि १ सय ७९ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ५ सय ७५ बेड क्षमताको १ सय ७० वटा क्वारेन्टाइनमा अहिले ३ सय ७३ जनालाई राखिएको छ भने १ हजार ४ सय ३० जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ७०, सिरहामा ७ सय ५४, धनुषामा १४, महोत्तरीमा १७, सर्लाहीमा ६३, रौतहटमा ५४, बारामा १३ र पर्सामा ९४ गरि १ हजार १ सय ७९ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय ९२, धनुषामा ८ सय ४९, महोत्तरीमा ८ सय ७६, सर्लाहीमा ७ सय ६१, रौतहटमा ८ सय ५९, बारामा २ सय ९९ र पर्सामा ६ सय ९८ गरि ४ हजार ५ सय ३४ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ४ सय ५७ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ८ सय ७४, सर्लाहीमा १ हजार ८ सय ४३, रौतहटमा १ हजार ७ सय ९७, महोत्तरीमा १ हजार ४ सय ३, सप्तरीमा १ हजार १ सय ४४, बारामा १ हजार १ सय २९ र सिरहामा १ हजार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय १३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप