पोखराबाट उडेनन् विमान

पोखरा । झण्डै सात महिना लामो बन्दाबन्दी पछि उडान स्वीकृति पाएका विमान अझैं पनि सञ्चालनमा आउन सकेका छैनन् । उडान स्वीकृति पाएको दोस्रो दिनमा पनि कुनै पनि विमानले उडान नभरेको पोखरा विमानस्थलले जनाएको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा बाह्य उडान साथै लामो दूरीका सवारीलाई पनि सञ्चालन अनुमति दिइसकेको छ । लामो दूरीका सवारी पोखराबाट देशका प्रमुख सहरहरुमा यात्रा भर्न थाले पनि पोखराबाट कुनै पनि आन्तरिक उडान हुन सकेको छैन ।
‘उडेका छैनन् । ५ गते अघि बुकिङ नै राखेको छैन । एक हप्ता त उनीहरुलाई तयारी गर्न पनि लागिहाल्छ । तैपनि स्योर त छैन,’ पोखरा क्षेत्रीय विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले भने, ‘५ गते मात्रै निर्णय हुनेभयो । ५० प्रतिशतले नउडाउने नै भनेका छन् भन्ने पनि छ । बुकिङ खुलेका छन् भन्ने मात्रै थाहा लागेको छ । ५ गते पछि उड्लान् ।’
सरकारबाट अनुमति पाए पनि यात्रु नपाउँदा उडान पछि धकेलिने उनको अनुमान छ । ‘अल्ट्रा लाइट, हेलिकप्टरका पेसेन्जर पाए उड्ने हो । गृहको प्रमिसन लिन परेन, टावरको प्रमिसन लिए उड्न पाउने भए,’ उनले भने । यसअघि सामान्य अवस्थामा देशका प्रमुख सहरहरुमा पोखराबाट दैनिक ३० वटा विमानले उडान भरे पनि ६ महिनायता कुनै पनि उडान हुन सकेको छैन । काठमाडौं, भरतपुर र भैरहवाका लागि यति, बुद्ध, श्री र सिम्रिक एयरलाइन्सले उडान भर्दै आएको थियो । यसैगरि, मुस्ताङको लागि जाने समिट र तारा एयरले उडान भर्दै आएका थिए ।
काठमाडौंका लागि दैनिक १० वटा विमानले उडान भर्थे । अरु ठाउँमा १५ देखि २० वटा औसत उडान हुने उनले जानकारी दिए । भैरहवा २ वटा, भरतपुर १ वटा । काठमाडौंमा दैनिक १० वटा, अरु ३÷४ ठाउँमा उडान भई रहेको हुन्थ्यो,’ उनले भने, ‘सबै गरेर करिब ४० उडान हुन्थे ।’ चैतयता भने कुनै पनि उडान भएको छैन ।
एयरलाइन्सहरुले सुरु सुरुमा एउटा एउटा मात्रै बुकिङ खुलाएको उनले जानकारी दिए । तैंपनि उडान हुने या नहुने अझैं तय हुन सकेको छैन । ‘पेसेन्जर कतिको हुन्छन्, बुकिङ कत्तिको जान्छ त्यसैमा भरपर्छ,’ उनले भने, ‘त्यही अनुसार फ्लाइट हुने भए । सुरु सुरुमा एउटा एउटालाई मात्रै बुकिङ राखेका छन् । त्यहीअनुसार होला ।’
लकडाउनमा इमर्जेन्सीमा सेवा दिइरहेको थियो । लकडाउन खुलेसँगै नियमित कामकाजको लागि थप सहज भएको उनले सुनाए । असोज एक गतेदेखि उडान स्वीकृति पाएको लामो दूरीका सवारी पोखराबाट सञ्चालनमा आइसकेका छन् । असोज १ गतेदेखि नै सञ्चालनमा आइसकेका लामो दूीरका सवारीमध्ये पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध १ सय सवारी पहिलो चरणमा बाहिरिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
च्याम्पियन्स लिग सेमिफाइनल : रियल र बायर्नसम्मको बिचल्ली, चारभित्र सबै टोली फरक राष्ट्रका