बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराबाट उडेनन् विमान

शुक्रबार, ०२ असोज २०७७, १९ : ०३
शुक्रबार, ०२ असोज २०७७

पोखरा । झण्डै सात महिना लामो बन्दाबन्दी पछि उडान स्वीकृति पाएका विमान अझैं पनि सञ्चालनमा आउन सकेका छैनन् । उडान स्वीकृति पाएको दोस्रो दिनमा पनि कुनै पनि विमानले उडान नभरेको पोखरा विमानस्थलले जनाएको छ ।  गत सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा बाह्य उडान साथै लामो दूरीका सवारीलाई पनि सञ्चालन अनुमति दिइसकेको छ । लामो दूरीका सवारी पोखराबाट देशका प्रमुख सहरहरुमा यात्रा भर्न थाले पनि पोखराबाट कुनै पनि आन्तरिक उडान हुन सकेको छैन । 

‘उडेका छैनन् । ५ गते अघि बुकिङ नै राखेको छैन । एक हप्ता त उनीहरुलाई तयारी गर्न पनि लागिहाल्छ । तैपनि स्योर त छैन,’ पोखरा क्षेत्रीय विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले भने, ‘५ गते मात्रै निर्णय हुनेभयो । ५० प्रतिशतले नउडाउने नै भनेका छन् भन्ने पनि छ । बुकिङ खुलेका छन् भन्ने मात्रै थाहा लागेको छ । ५ गते पछि उड्लान् ।’

सरकारबाट अनुमति पाए पनि यात्रु नपाउँदा उडान पछि धकेलिने उनको अनुमान छ । ‘अल्ट्रा लाइट, हेलिकप्टरका पेसेन्जर पाए उड्ने हो । गृहको प्रमिसन लिन परेन, टावरको प्रमिसन लिए उड्न पाउने भए,’ उनले भने । यसअघि सामान्य अवस्थामा देशका प्रमुख सहरहरुमा पोखराबाट दैनिक ३० वटा विमानले उडान भरे पनि ६ महिनायता कुनै पनि उडान हुन सकेको छैन । काठमाडौं, भरतपुर र भैरहवाका लागि यति, बुद्ध, श्री र सिम्रिक एयरलाइन्सले उडान भर्दै आएको थियो । यसैगरि, मुस्ताङको लागि जाने समिट र तारा एयरले उडान भर्दै आएका थिए । 

काठमाडौंका लागि दैनिक १० वटा विमानले उडान भर्थे । अरु ठाउँमा १५ देखि २० वटा औसत उडान हुने उनले जानकारी दिए । भैरहवा २ वटा, भरतपुर १ वटा । काठमाडौंमा दैनिक १० वटा, अरु ३÷४ ठाउँमा उडान भई रहेको हुन्थ्यो,’ उनले भने, ‘सबै गरेर करिब ४० उडान हुन्थे ।’ चैतयता भने कुनै पनि उडान भएको छैन । 

एयरलाइन्सहरुले सुरु सुरुमा एउटा एउटा मात्रै बुकिङ खुलाएको उनले जानकारी दिए । तैंपनि उडान हुने या नहुने अझैं तय हुन सकेको छैन । ‘पेसेन्जर कतिको हुन्छन्, बुकिङ कत्तिको जान्छ त्यसैमा भरपर्छ,’ उनले भने, ‘त्यही अनुसार फ्लाइट हुने भए । सुरु सुरुमा एउटा एउटालाई मात्रै बुकिङ राखेका छन् । त्यहीअनुसार होला ।’

लकडाउनमा इमर्जेन्सीमा सेवा दिइरहेको थियो । लकडाउन खुलेसँगै नियमित कामकाजको लागि थप सहज भएको उनले सुनाए ।  असोज एक गतेदेखि उडान स्वीकृति पाएको लामो दूरीका सवारी पोखराबाट सञ्चालनमा आइसकेका छन् । असोज १ गतेदेखि नै सञ्चालनमा आइसकेका लामो दूीरका सवारीमध्ये पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध १ सय सवारी पहिलो चरणमा बाहिरिएको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप