बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवसमा विरोधका कार्यक्रम गर्ने जसपाको निर्णय

शुक्रबार, ०२ असोज २०७७, १८ : ५५
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको छ ।

शुक्रबार बसेको जसपाको पदाधिकारी बैठकले संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए ।

संविधान दिवसमा भाग नलिने बरु त्यसको विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोधका कार्यक्रम आयोजना गर्ने जसपाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । संविधान संशोधनद्धरा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा असोज ३ गते शान्तिपूर्ण विरोधका कार्यक्रम आयोजना पार्टी कार्यकर्तालाई आह्वान गरेको छ ।

राजपा नेपालसँग एकीकरण गरी जसपा नेपाल बनाएको सजमावादी पार्टी सरकारमा भएको कारणले गतवर्ष संविधान दिवसमा भाग लिएका थिएन भने उता कुनै विरोधका कार्यक्रम पनि गरेका थिएन तर त्यही राजपा नेपालले असोज ३ लाई कालोदिवसका रुपमा मनाएको थियो ।

यसपाली कालो दिवसको रुपमा नमनाएर संविधान संशोधनको माग गर्दै विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप