बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली एफएममा कार्यरत महिला पत्रकार मृत फेला

शुक्रबार, ०२ असोज २०७७, १८ : २२
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । कैलालीको सुख्खडस्थित कैलाली एफएमका कार्यरत पत्रकार निर्मला पहराई मृत फेला परेकी छिन् । शुक्रबार मध्यान्ह घोडाघोडी नगरपालिका–५ स्थित फुलवारी सामुदायिक बनमा निर्मलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले रातोपाटीलाई बताए ।

२४ वर्षीया निर्मलाको शव रुइनाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने बताइएको छ । मृत्युको यकिन कारण खुलेको छैन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । भदौ ३१ मा उनि बजार जान भन्दै घरबाट निस्केकी थिईन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप