केन्द्रीय संस्करण

काठमाडौंमा यसरी हुँदैछ ढलबाट कोरोना परीक्षण

person explore access_timeअसोज २, २०७७ chat_bubble_outline0

काठमाडौं । बिहानीको हावामा आउने कडा गन्ध बेवास्ता गर्दै अनुसन्धानकर्ताहरु काठमाडौंका नदीको ढलबाट नमुना संकलन गर्न जुटेका छन् । यसलाई खर्च कटौतीको माध्यमका रुपमा हेरिएको छ । विश्वभर कोरोना संक्रमितहरुको संख्या निरन्तर बढिरहेको अवस्थामा धेरै देशहरुले कुन समुदाय संक्रमणको चपेटामा छ भनेर पत्ता लगाउन ढलको पानीमार्फत कोरोना पहिचान गर्ने उपाय अबलम्बन गरेका हुन् । स्रोत–साधनको अभाव झेलिरहेको नेपालमा ढल परीक्षण भाइरसविरुद्ध लड्न सस्तो हतियार बन्नसक्ने सरोकारवालाहरु बताउँछन् । 

‘जब परीक्षण र स्क्रिनिङका लागि उपलब्ध स्रोतहरु तपाईसँग सीमित मात्रै छ, त्यस्तो अवस्थामा हटस्पट पहिचान गर्न यो सहज र सस्तो बाटो हो,’ यस विधीको अनुसन्धानमा सक्रिय मोलेकुलर डायनामिक्स नेपालका सह–संस्थापक दिवेस कर्माचार्यले भने, ‘ढलमार्फत हटस्पट पहिचानपछि तपाई त्यहाँ गएर बिस्तारमा चेकजाँच गर्नसक्नुहुन्छ ।’ 

फोहोरमार्फत रोग पत्ता लगाउने काम कर्माचार्यको संस्थाले पहिलेदेखि नै गर्दै आएको छ । यस संस्थाले अमेरिकाका मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीसँग मिलेर २०१८ मा फोहोर पानीमार्फत टाइफाइड पहिचान गरेको थियो । 
गत जुनमै यस संस्थाले कोभिड–१९ का लागि काठमाडौंमा ढलको नमुना परीक्षण सुरु गरेको थियो । त्यसक्रममा चारमध्ये दुई स्थानमा संक्रमण देखिएको थियो । 

भर्खरै लकडाउन खुकुलो भएयता नेपालमा संक्रमण बढिरहेको छ । दैनिक १ हजारभन्दा धेरै संक्रमितहरु देखिइरहेका छन् । नेपालमा ५९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भइसकेको छ भने ३ सय ८३ जनाको यहि कारण ज्यान गइसकेको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.