शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा मात्रै थपिए ८५९ कोरोना संक्रमित (देशभरको विवरणसहित)

शुक्रबार, ०२ असोज २०७७, १६ : ५३
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८५९ मात्रै कोरोना संक्रमित थपिएका छन् । काठमाडौमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २० नयाँ संक्रमित थपिएका छन् ।

उपत्यकामा एकै दिनमा यति धेरै संक्रमित थपिएको पहिलो पटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस व्रिफिगंमा यो सँगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको जानकारी दिए ।   त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाबाट सात जनाको मृत्यु भएको छ ।  काठमाडौ, ललितपुर, भक्तपुर, मोरगं र नवलपरासीमा गरी दुई महिला र ५ पुरुषको मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप