शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमणलाई गम्भिर रुपमा लिन युरोपलाई डब्ल्युएचओको चेतावनी

शुक्रबार, ०२ असोज २०७७, १६ : ३३
शुक्रबार, ०२ असोज २०७७

एजेन्सी । विश्व स्वास्थ संगठनले युरोपमा बढ्दो संक्रमितहरुको संख्याले खतराको घण्टी बजेको भन्दै यसलाई गम्भिर रुपमा लिन चेतावनी दिएको छ । युरोपमा पछिल्लो समय फेरि संक्रमितको संख्या दैनिक बढ्दैछ ।  कोरोना भाइरसको महामारीको दोस्रो लहरलाई रोकथाम गर्न यतिबेला युरोपका विभिन्न देशका सरकारहरुले स्थानीय तवरमा कडाईका विभिन्न प्रक्रिया अपनाइरहेका छन् र उनीहरु फेरि लकडाउन गर्ने वा नगर्ने भने स्थितिको विश्लेषण गरिरहेका छन् । 

त्यसैले, अवस्थालाई गम्भिर लिन डब्ल्युएचकोका क्षेत्रीय निर्देशक हान्स क्लुगले बिहीबार पत्रकार सम्मेलनमा सजग गराएका हुन् । ‘फेरि युरोपमा अहिले कोरोना संक्रमण बढेको छ । गत हप्ता यस क्षेत्रमा संक्रमित हुनेको संख्या (एक हप्ताभित्र) ३ लाखभन्दा बढी थियो,’ उनले भने । 

आधाभन्दा धेर युरोपेली देशहरुले पछिल्ला दुई सातामा १० प्रतिशतभन्दा धेरैले संक्रमितको संख्या बढेको जनाएका छन् ।  फ्रान्समा संक्रमणले दोस्रोपटक महामारीको रुप धारणा गर्ने देखिएको छ । यहाँ दैनिक १० हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुन थालेको छ । बेलायत, जर्मनी, इटली र स्पेनमा पनि संक्रमितको संख्या बढेको छ । 

यी सबै देशमा पहिलो लहरको निकै खराब प्रभाव परेको थियो । जोन हप्किन्स विश्वविद्यालयका अनुसार बेलायतमा ४१ हजारभन्दा धेरै, इटलीमा ३५ हजारभन्दा धेरै, फ्रान्समा ३१ हजारभन्दा धेरै र स्पेनमा ३० हजारभन्दा धेरैको मृत्यु कोरोनाका कारण भइसक्यो । जर्मनीमा संक्रमण उच्च रहेपनि अन्य देशको दाँजोमा मृत्युदर निकै कम छ । यहाँ, २ लाख ६९ हजारभन्दा धेरैमा संक्रमण देखिदाँ, ९ हजार चार सयको मात्रै मृत्यु भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप