शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा देशभर हालसम्मकै बढी २ हजार २० जना कोरोना संक्रमित थपिए

शुक्रबार, ०२ असोज २०७७, १६ : २५
शुक्रबार, ०२ असोज २०७७

बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् ।

यस्तै आज पीसीआर ११ हजार ४५८ जनाको भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप