मानवअधिकार तथा शान्ति समाजद्वारा थप ३ पुरस्कार स्थापना
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत थप तीनवटा पुरस्कार स्थापना गरेको छ । समाजले स्व.पवित्रादेवी चौलागाई मानवअधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान र ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान गरि थप तीनवटा पुरस्कार स्थापना गरेको हो । यस अन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका तीन जना श्रष्टालाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ ।
उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व.पवित्रादेवी चौलागाईका छोरा मानवअधिकार तथा शान्ति समाजका सल्लाहाकार होमकान्त चौलागाईले रु. २ लाख र चन्द्रकला खनाल तथा ज्ञानप्रसाद खनालका छोरा/बुहारीहरु मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र राधिका खनाल तथा रुपन्देही शाखा सभापति धनपति खनाल र लक्ष्मी पन्त खनालले रु. ४ लाख शान्ति समाजलाई प्रदान गरेका छन् ।
यी पुरस्कारहरु हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा यसै वर्ष (२०७७) देखी प्रदान गरिने समाजले जनाएको छ । पुरस्कृत ब्यक्तित्व छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापति रेनुका पौडेल र महासचिव सुशिल बस्नेत सम्मिलित छनौट समिति गठन गरिएको छ । यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरुको संख्या १० पुगेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’