शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ का ६ वटा अस्पताल ५० शैयामा स्तरोन्नती हुँदै, १३१ दरवन्दी स्वीकृत

शुक्रबार, ०२ असोज २०७७, १५ : ४७
शुक्रबार, ०२ असोज २०७७

बुटवल । पाँच नम्बर प्रदेश सरकारले ६ वटा जिल्लास्तरीय अस्पताललाई स्तरोेन्नती गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका बिभिन्न ६ वटा  जिल्लास्तरीय अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने निणर्य गरेको हो । 
प्रदेश सकारले रुकुमपूर्व, रोल्पा,कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई स्तरोन्नती गर्ने निणर्य गरेको मुख्यमन्त्रीका प्रेश सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेश नोटमा उल्लेख छ ।  बैठकले भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची,रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 

त्यस्तै रेसुङगा नगरपालिका,गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकाको वडासंख्या र सीमाना हेरफेर गरी क्रममिलान गर्ने गाउँपालिकाको प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गरेको छ ।पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्नेछ । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गरेको छ । प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरेको हो ।

शव बाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैंयाँका दरले ९० लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका सल्लाहकार केसीले जनाएका छन् । यसरी रकम पाउने पालिकामाहरुमा प्यूठान नगरपालिका प्यूठान, गुलरिया नगरपालिका बर्दिया,सिस्ने गाउँपालिका रुकुम,रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका अर्घाखाँची, रामग्राम, नगरपालिका नवलपरासी रहेका छन् ।

नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारांै तहका डेण्टल सर्जन डा.वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा काजमा खटाउने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप