केन्द्रीय संस्करण
मिडिया

स्वाधीन पत्रिकाका पराधीन पत्रकार

person explore access_timeअसोज २, २०७७ chat_bubble_outline0

(स्वर्गीय पटनायक भारतका राजनीतिज्ञ, सामाजिक अगुवा, लेखक र अभियन्ता हुन् । यो लेख पहिलोपल्ट अक्टुबर १९८८ मा प्रकाशित भएको थियो ।)

मनुष्यको स्वतन्त्रता निकै कठिन काम हो । व्यवस्थित समाजमा अभिव्यक्तिको बाटो खनिएको हुन्छ । स्वतन्त्रताका औजारहरु बनि–बनाउन अवस्थामा हुन्छन् । औसत मनुष्यले ती औजारहरुको सहारामा आफ्नो स्वतन्त्रताको बोध गर्छ ।

स्वतन्त्रताको जो बाटो बनेको छ, त्यसमा एक हो – अखबार ।

बिहानै एउटा अखबार किनेर तपाईं यस बाटोमा हिँड्न सक्नुहुन्छ । भोट दिने, वकिल नियुक्त गर्ने, अखबार खरिद गर्ने प्रक्रियामा हाम्रो संवैधानिक स्वतन्त्रता प्रतिफलित हुन्छ । राजनीतिक दलहरु, अखबार र वकिलहरुलाई स्वतन्त्रता मिलेन भने हाम्रो स्वतन्त्रता पनि रहँदैन ।

आधुनिक प्रविधिले अखबार तथा अन्य सञ्चार माध्यमको क्षमता बढाइदिएको छ । करोडौँ र अर्बौं मानिसको अभिव्यक्तिको ठेक्का एउटा पत्रिकाले लिनसक्छ । 

यस्तो पत्रिकाको सञ्चालन केवल सत्ताधारी पँुजीपतिले नै गर्नसक्छन् । सञ्चार र अभिव्यक्ति– यी दुई शब्दको अर्थ कतिपयले एउटै लगाउँछन् । सञ्चार सहज भएपछि उनीहरु अभिव्यक्ति सहज भएको छ भन्छन् । कुरा, उल्टो छ ।

सञ्चार माध्यमका मालिकहरुले चुनेका व्यक्तिहरुको अभिव्यक्ति मात्रै सञ्चार माध्यममार्फत प्रवाह हुन्छन् ।

ठूला पत्रिकाले सानो पत्रिकाको अभिव्यक्ति खोसेका छन् । अब स्थानीय पत्र–पत्रिकाहरु ठूला पत्रिकाका स्थानीय संस्करण जस्तै हुन्छन् । अलग अभिव्यक्ति हुन सक्दैन ।

सत्तामा नरहे पनि समाजवादी, साम्यवादी, गाम्रउद्योगवादी, नास्तिकवादी दृष्टिकोणका पत्रिका प्रतिष्ठित हुन सक्थेँ, पुरानो प्रविधिमा यस्तोे सम्भव थियो ।

राम्रो र खराब पत्रकारको कुरा होइन । प्रविधि बदलिएको छ । आधुनिक प्रविधिको फलस्वरूप पत्रकारिता एउटा ठूलो उद्योग बनिसकेको छ र पत्रकार नामक एक नयाँ किसिमको सम्पन्न कर्मचारी वर्गको उदय भएको छ । अन्य ठूला उद्योग चलाउने कोही पनि पुँजीपतिले यस उद्योगलाई पनि चलाउन सक्छन् वा आफ्नो औद्योगिक सुरुवात पत्रिकाको उत्पादनबाट गर्नसक्छन् ।

अब केवल आफ्ना समर्थकहरुबीच नै यी पत्रिकाको वितरण सीमित हुन्छ । तत्कालीन राजनीतिक प्रश्नहरु छाड्ने हो भने हरेक कुरामा सबै प्रतिष्ठित पत्रिकाहरुको स्वर एउटै जस्तो हुन्छ ।

टाइम र न्युजविक, हिन्दुस्तान टाइम्स र टाइम्स अफ इन्डियाबीच अभिव्यक्तिहरुको संसार सीमित भइदिन्छ । केही मानिस भारत स्वतन्त्रतापछि र त्यसअघिको पत्रकारिताको तुलना गर्छन् र पहिलेका पत्रकार राम्रा थिए भन्छन् । यस्तो भन्नु गलत छ ।

राम्रो र खराब पत्रकारको कुरा होइन । प्रविधि बदलिएको छ । आधुनिक प्रविधिको फलस्वरूप पत्रकारिता एउटा ठूलो उद्योग बनिसकेको छ र पत्रकार नामक एक नयाँ किसिमको सम्पन्न कर्मचारी वर्गको उदय भएको छ । अन्य ठूला उद्योग चलाउने कोही पनि पुँजीपतिले यस उद्योगलाई पनि चलाउन सक्छन् वा आफ्नो औद्योगिक सुरुवात पत्रिकाको उत्पादनबाट गर्नसक्छन् । यस उद्योगका सारा कर्मचारी र उद्योगपति समेत पत्रकार हुन् । जब हामी पत्रिकाको स्वतन्त्रताको कुरा गर्छाैं तब यसलाई पत्रकारहरुको स्वतन्त्रता भन्नु एउटा भयङ्कर भुल हुनेछ ।

आधुनिक प्रविधिले हरेक प्रकारका श्रमिक–उत्पादकसँग जे गरेको छ, पत्रकारहरुसँग त्यही गरेको छ । आधुनिक प्रविधिले कपडा सिलाउने, झाडु लगाउने, फलामको काम गर्नेलगायत श्रमिक–उत्पादकहरुको हातमा त्यस्तो कुनै कौशल दिएन, जसले उनीहरुको उत्पादन–कार्यक्षमता बढ्न सकोस् ।

यस प्रविधिले यस्तो यन्त्र र यस्तो व्यवस्था पैदा गरेको छ, जसमा श्रमिक आफै उत्पादन हुन सक्दैन । ऊ कुनै व्यवस्थापक या प्रबन्धकको अधिनमा मजदुर बनेर रहन्छ ।

लेखक र पत्रकारहरुसँग पनि यही भयो । आधुनिक प्रविधिभन्दा पहिले निस्कने अधिकांश पत्रिका लेखक वा साहित्यिक विचारकहरुले प्रकाशन गर्ने गरेका थिए ।

औपचारिक वा अनौपचारिक ढङ्गले उनीहरुको समूह हुन्थ्यो र त्यस समूहले पत्रिका निकाल्थ्यो । 

नयाँ प्रविधिपछि लेखकले आफ्नो पत्रिका निकाल्न सक्दैन । पत्रकारले आफ्नो लेख पनि लेख्न सक्दैन । उसको लेखाइ एक व्यवस्थापकको संयोजनअन्तर्गत हुन्छ ।

कुनै प्रतिष्ठित पत्रिकाका मालिक अब प्रेमचन्द, बाल गङ्गाधर तिलक, महात्मा गान्धी वा गोपबन्धु दास हुनसक्दैनन् । यसको अर्थ लेखक कहिल्यै पत्रिकाको मालिक बन्न सक्दैन भन्ने होइन । तर मालिक हुनका लागि उसले आफ्नो साहित्यिक–विचारकको जीवन छाडेर व्यवस्थापक वा उद्योगपतिको जीवन बाँच्नुपर्छ । यसो भन्नुको अर्थ सबै लेखक वा विचारकको आफ्नै पत्रिका हुनुपर्छ भन्ने पनि होइन । तर पत्रिका अवश्य लेखकहरुकै पकडमा हुनुपर्छ । पत्रिका होस् वा कपडा, आजको उत्पादन–व्यवस्थामा उद्योगपति र व्यवस्थापकलाई छोडेर कसैले ‘यो मेरो उत्पादन हो’ भन्न सक्दैन ।

केही मानिसले आफैलाई धोका दिएर ‘यो हाम्रो सामूहिक उत्पादन’ भन्न सक्छन् । यस धोकालाई विश्वसनीयता प्रदान गर्न ‘प्रबन्धनमा मजदुरहरुको हिस्सेदारी’ सिद्धान्त पनि केही दिनसम्म चलेको थियो, आधुनिक प्रविधिले यस सिद्धान्तलाई मजाक बनाइदिएको छ ।

अत्याधुनिक प्रविधिमा मजदुरहरुको जे स्थान छ, दैत्याकर पत्रिकामा पत्रकारको स्थान त्यही छ । त्यसैले उनीहरुलाई वास्तविक पत्रकार भन्ने वा नभन्ने ? यो प्रश्न उठ्नसक्छ ।

पत्रकारहरुमा एक निपुणता हुन्छ । उनीहरुको भाषा चुस्त हुन्छ । तर्क र भावनालाई रङ्गीन बनाएर विषयवस्तु प्रकाश पार्छन् । तर विज्ञापन सामग्रीका रचनाकारहरुमा पनि त यी सबै योग्यताहरु हुन्छन् । केही विज्ञापनलाई पढ्दाको समय हामी साहित्य वा दर्शन पढेजस्तो भ्रममा पर्छौं । विज्ञापन सामग्री बनाउनेको नाम छापिएको हुन्न ।

राजनीतिक– सामाजिक मुद्दामा समाचार–टिप्पणी लेख्नेहरुको ज्यादा चर्चा हुन्छ । उनीहरुको प्रतिष्ठा बन्छ ।

उनीहरु एक दैत्याकार उद्योगका बुद्धिजीवी हुनु यस प्रतिष्ठाको ठूलो हिस्सा हो । दोस्रो हिस्सा, केही पत्रकारहरुमा लेखकको अंश पनि हुन्छ । यहाँ हामीले ‘लेखक’ शब्दको प्रयोग निकै सङ्कुचित अर्थमा गर्दैछौँ । लेखक ती हुन्, जो आफ्नो समग्र चेतनाको बलमा अभिव्यक्त हुन्छन् । लेखकको तुलनामा पत्रकारको कोटी लेखक र लेखन्दासबीचको हो ।

जस्तो, कुनै जाँच आयोगको प्रतिवेदन लेख्ने कर्मचारी, कानुनी बहसको अर्जी लेख्ने वकिल वा पर्यटकका लागि निर्देशिका लेख्नेहरु पनि लेखक नै हुन् । आजको दिन तपाईं एक राम्रो पत्रकार खराब साहित्यकारभन्दा उत्कृष्ट छ भन्ने ठोकुवा गर्न सक्नुहुन्न ।

दुवैका प्रेरणा स्रोत अलग छन् ।

कोही व्यक्तिले साहित्य लेख्न छाडेर पत्रकारका रूपमा नाम र प्रतिष्ठा कमाउने हुनसक्छ । अहिले, केवल भारतका पिछडिएका पत्र–पत्रिकामा साहित्यकारहरुलाई पत्रकारिताका लागि बोलाइन्छ ।

अत्याधुनिक पत्रपत्रिकामा यस्तो परिपाटी समाप्त भइसकेको छ किनकि साहित्यकारहरुमा यस्तो संस्कार हुन्छ, जो पत्रकारिताका लागि अयोग्यताको लक्षण हो ।

आफ्ना मालिकले कहिल्यै काममा हस्तक्षेप गर्दैनन् भनेर दाबी गर्ने ठूला पत्रिकाका सम्पादकलाई आधुनिक साहुजीले हस्तक्षेप कहिल्यै गर्दैनन् भन्ने पनि थाहा हुनुपर्छ ।

यस्ता अनेक साहुजी हुन्छन्, जसले कहिल्यै आफ्नो बाबर्ची, खजान्ची वा दर्जीलाई काममा हस्तक्षेप नगरेको होस् । ठूला पत्रिकामा सम्पादक चयन हुनुको एक योग्यता बुद्धिमत्ता पनि हो, ताकि उसको काममा मालिकले दखल दिनु नपरोस् ।

नयाँ पिँढीका पत्रकारहरुका सवालमा भने यस्तो जोखिम नै छैन । उनीहरु लेखक वा विचारकका रूपमा होइन, प्रारम्भदेखि नै पत्रकारका रूपमा प्रशिक्षित भइरहेका छन् । विचार दबाउनका लागि धेरै भत्ता दिइरहनु पर्दैन– केवल यही कामलाई आकर्षक बनाउनका राम्रो तलबको प्रबन्ध गरिएको हुन्छ । यो तलब विशिष्टहरुले प्राप्त गर्ने बराबर हुन्छ । यस तलबको लायक हुनका लागि प्रतिबद्धताविहीन बुद्धिजीवी बन्ने प्रशिक्षण उनीहरुलाई मिलिरहन्छ ।

जो पत्रकारमा लेखकको संस्कार बचेको छ, उसको काममा दखल लिनुपर्छ । त्यसैले मुम्बईमा हाम्रो एक साथीलाई धेरै समयसम्म सम्पादक बनाइएन । दिल्लीमा हाम्रा अर्का एक साथीले  एक ठूला उद्योगपतिको एक अखबरमा पत्रकार छन् । त्यस अखबारमा एक वरिष्ठ पत्रकार थिए, जो आफ्नो व्यक्तिगत जीवनमा घोर साम्यवादी हुन् । उनको लेखन उच्च कोटीको थियो, जसमा अखबरलाई गर्व थियो ।

जब उनको अवकाशको समय आयो, तब हाम्रा साथीले ठट्टा गरे । ‘कमरेड, तपाईंको जुन लामो जीवन बाँकी छ, त्यसमा तपाईंले हाम्रा उद्योगपति–मालिकहरुको धन्दाका विषयमा एक पुस्तक लेख्नुहुनेछ भन्ने आशा मलाई छ ।’

यस्तो मजाक किन ? उनमा स्वतन्त्र– लेखन शक्ति बचेको छैन । यदि उनका त्यस्तो शक्ति बचेको छ भने पनि मालिकले पत्रिकामा नियमित स्तम्भ लेख्न लगाएर उनलाई राम्रो रकम दिइरहनेछन् ।

नयाँ पिँढीका पत्रकारहरुका सवालमा भने यस्तो जोखिम नै छैन । उनीहरु लेखक वा विचारकका रूपमा होइन, प्रारम्भदेखि नै पत्रकारका रूपमा प्रशिक्षित भइरहेका छन् । विचार दबाउनका लागि धेरै भत्ता दिइरहनु पर्दैन– केवल यही कामलाई आकर्षक बनाउनका राम्रो तलबको प्रबन्ध गरिएको हुन्छ । यो तलब विशिष्टहरुले प्राप्त गर्ने बराबर हुन्छ । यस तलबको लायक हुनका लागि प्रतिबद्धताविहीन बुद्धिजीवी बन्ने प्रशिक्षण उनीहरुलाई मिलिरहन्छ ।

पत्रिका उद्योगको प्रवद्र्धनको एक सर्त समाजमा प्रतिबद्धताविहीन लेखकको बुद्धिजीवी वर्ग पैदा गर्नु हो । अर्थात शिक्षा र प्रशिक्षणको प्रक्रियामै उनीहरुलाई मालिक वर्गको विचारदृष्टिमा दीक्षित गरियोस् ताकि कुनै आदरणीय सम्पादकले आफ्नो विचारलाई दबाएर लेखिरहेका छन् भन्न नपरोस् ।

हामी सीधै भन्ने छौँ सम्पादकको विश्वदृष्टि र साहुजीको विश्वदृष्टि एक अपूर्व मेलको संयोग हो । समाचारपत्र यदि समाचारहरुको पत्र हुन्थ्यो भने यति धेरै बहस आवश्यक पर्दैन थियो ।

यदि संसारमा कहिल्यै समाचारहरुको पत्रिका हुनेछ भने त्यो एक बिल्कुल भिन्न विषय हुनेछ । विद्यमान सभ्यतामा एक तरिकाले हेर्दा पत्रिका जनमतको पहरेदार हो, दोस्रो तरिकाले हेर्दा, ऊ आफै जनमतको निर्माता हो ।

यो मत–निर्माण केवल तत्कालीन मुद्दाका विषयमा मात्रै हुँदैन बरु गहिरो मान्यताहरु र दीर्घकालीन समस्याहरुको स्तरमा पनि हुन्छ ।

मत–निर्माण वा प्रचार यति मौलिक र प्रभावशाली छ जसलाई मानस–निर्माण पनि भन्न सकिन्छ । प्रचारको सबैभन्दा शक्तिशाली रूप समाचार हो । यदि तपाईंले ‘फोहोरलाई घृणा गर्नुपर्छ’ भन्नुभयो भने यो फोहोविरुद्धको कमजोर प्रचार भयो । ‘फोहोर बढ्यो’ भन्नु फोहोरविरुद्धको  धेरै प्रभावशाली वाक्य हो । यदि तपाईंले ‘पाकिस्तानलाई दुस्मन सम्झनुस्’ भन्नुभयो भने यसको असर कम मानिसमा पर्नेछ । केही मानिसहरुले सोध्नेछन्, किन ?

तर जब ती मानिसहरुले नै ‘पाकिस्तानलाई अमेरिकाबाट हतियारको नयाँ भण्डार मिल्यो’ भनेर पढ्नेछन्, तब दुस्मनी आफैँ बलियो हुनेछ ।

तपाईंले ‘हामीलाई पाँचतारे होटलको आवश्यकता छ’ भनेर प्रचार गर्दा मानिसहरुले भन्न सक्छन्–छैन । तर जब उनीहरुले पत्रिकामा पढ्नेछन्– ‘होटल व्यवसायबाट सरकारलाई १० करोड रूपैयाँको विदेशी मुद्रा आर्जन भयो’, तब उनीहरु खुसी हुनेछन् ।

प्रचारमा द्वन्द्व हुन्छ । शिक्षा– दानमा द्वन्द्व हुन्छ । समाचारमा द्वन्द्व हुँदैन, त्यसैले समाचारहरुबाट मान्यता बन्छन्, मानस पैदा हुन्छन् ।

दैत्याकार बहुराष्ट्रिय पत्रपत्रिकाहरुको प्रभाव तेस्रो विश्वका शिक्षित वर्गमा कतिसम्म पर्छ भनेर यसैबाट अनुमान लगाउनुपर्छ ।

महात्मा गान्धीले जब ‘हिन्द–स्वराज्य’ लेखेर डाक्टर र वकिलको पेसालाई समाज–विरोधी पेसाका रूपमा देखाए । हुनसक्छ, हुनसक्छ उनी उदाहरणहरुको सङ्ख्या बढाउन चाहँदैन थिए वा हुनसक्छ कि पत्रकारहरुको समाज विरोधी चरित्रको साक्षात्कार ती दिनहरुमा उनलाई भएको थिएन ।

गान्धी अति अव्यावहारिक विचारकहरुको श्रेणीमा आउँछन् । उनको सपनाको समाज बन्नेवाला छैन । हामी वकिल र डाक्टरहरुको पेसालाई समाज–विरोधी भन्न सक्दैनौँ ।

साधारण नागरिकलाई पाइला–पाइलामा वकिल र डाक्टरको सेवा जरुरी पर्छ । जस्तो, स्कुलमा राम्रो शिक्षा दिइँदैन भन्ने थाहा भए पनि यदि हामीले स्कुललाई समाज–विरोध भन्यौँ भने हाम्रा बच्चा मूर्ख नै रहनेछन् ।

यसैगरी आधुनिक मनुष्यका लागि पत्रिकाहरु एउटा ठूलो बोझ भए पनि त्यसलाई नपढी बस्दा हामी अज्ञानी रहनेछौँ ।

समाजमा कुरा गर्न लायक रहँदैनौँ । तपाईं यसलाई एक बिडम्बनापूर्ण स्थिति भन्न सक्नुहुन्छ, जहाँ पत्रिकाको स्वाधीनता छ तर पत्रकार पराधीन छन् । पत्रपत्रिका आधुनिक मनुष्यमाथि एउटा ठूलो अत्याचार हो । साथै हाम्रो संवैधानिक स्वतन्त्रताको माध्यम पनि हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.