केन्द्रीय संस्करण

बाजुराको स्याउ हवाईजहाजमार्फत धनगढी ल्याइयो

person explore access_timeअसोज २, २०७७ chat_bubble_outline0

कैलाली । बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी पुर्याइएको छ । यससँगै बुधबार देखि नै धनगढीको बजारमा बाजुराको स्याउ पाउन थालेको छ ।  

हेर्दा राम्रो नदेखिएपनि बाजुराको स्याउ खादा भने स्वादिलो छ । सोही स्याउ अहिले सुदूरपश्चिम प्रदेशको धनगढी बजारमा पाउन थालेको छ । स्वदेशमै उत्पादन भएको स्याउलाई प्रवद्र्धन गर्ने उद्देश्यले बाजुराबाट २० क्विन्टल स्याउ धनगढी बजारमा विक्री गर्न ल्याइएको ‘स्याउ कृषक समन्वय समिति’ले जनाएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको समन्वयमा बाजुराको स्याउ कोल्टीबाट धनगढीसम्म हवाई जहाजमार्फत ल्याइएको छ ।

सोही स्याउ प्रतिकेजी १ सय १० रुपैयाँमा धनगढी बजारमा खरिद गर्न पाइन्छ । समितिका अध्यक्ष मानबहादुर रोकायाले बाजुरामा ४० रुपैयाँमा खरिद गरेको स्याउ धनगढी सम्म आइपुग्दा प्रतिकेजी १ सय १० रुपैयाँ पुगेको बताए । विभिन्न ठाउँमा भरिया, ट्याक्टर, जहाजबाट ढुवानी गर्नुपर्दा लागत बढेको उनको भनाई छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सुदूरपश्चिमलाई फलफूलमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको बताए । बाजुरामा उत्पादित स्याउ भण्डारणका लागी प्रदेश सरकारले कोल्ड स्टोर निर्माण गर्ने योजना बनाएको पनि मन्त्री शाहले बताए ।

मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंछी विकास कार्यक्रम अन्तरगत यसवर्ष पहिलो चरणमा बुधवार २० क्विन्टल स्याउ हवाईजहाजमार्फत नेपालगन्ज हुँदै धनगढी पु¥याइएको हो  । ‘जसले एक पटक खायो, उसले स्वाद थाहा पायो’ भन्ने नाराका साथ बाजुराका विभिन्न गाउँमा फलेको स्याउ अहिले धनगढी बजारमा बिक्री भइरहेको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका ५ वटै वडामा व्यवसायिक स्याउ खेती हुँदै आएको छ । गत वर्ष पनि बाजुराको स्याउ बिक्रीका लागी धनगढी काठमाडौं लगायतका ठाउँमा पुर्याइएको थियो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.