शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घर भ्वाङ पर्दा ५ परिवार बिचल्लीमा

शुक्रबार, ०२ असोज २०७७, १५ : ०६
शुक्रबार, ०२ असोज २०७७

कास्की । अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षति समेत गरेको छ । यस्तै कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा ५ घर परिवार बिचल्लीमा परेका छन् ।

मानवीय क्षति नभएपनि परिवार घरबार बिहीन भएका छन् । सोमबार दिउँसो घरमै बसिरहेका बेला घरको दक्षिण तर्फको भागमा एक्कासि ठुलो भ्वाङ परेको स्थानीयले बताएका छन । मङ्गलवार बिहान भुवाङको आकार बढेपछि घर छाड्नुपरेको पीडित राधिका विकले बताइन् । घर क्षति भएपनि ज्यान जोगाउन सकिएको उनको भनाई छ । स्थानीय वडाले अहिले त्रिपाल, कम्बल र केही चामल सहयोग गरेको उनले बताइन् ।

पोखरा २२ का वडा सदस्य मात्रिका बरालले समस्यामा परेका स्थानीयहरुको सहयोगका लागि महानगरपालिकासँग समन्वय भइरहेको बताए । वडाबाट तत्काल अस्थायी रुपमा सेल्टर निर्माण गर्ने निर्णय गरिएको र थप सहयोगका विषयमा छलफल भइरहेको उनले बताए ।

प्राकृतिक विपतीले वर्षेनी हुने क्षतिले त्यहाँका स्थानीय त्रासमा बस्न बाध्य छन् । घर, सडक, पुल, नहर लगायतका स्थानहरु बढी भासिने गरेकोले त्यो समस्या समाधानका लागि आवश्यक योजना बनाएर अगाड बढ्ने पोखरा महानगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप