बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्याजमा कालोबजारी गर्ने बाराका ब्यापारी पक्राउ

शुक्रबार, ०२ असोज २०७७, १३ : ५४
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । प्याजको कालोबजारी गरेको आरोपमा बाराको कलैया उप–महानगरपालिका–१ स्थित खुसी स्टोरका सञ्चालक चन्दन साहलाई प्रहरीले पक्रेको छ ।

खरिद मूल्यभन्दा दोब्बरमा बिक्री गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले रातोपाटीलाई बताए ।  

प्याजको कृतिम अभाव देखाएर साहले ४३ रुपैयाँमा खरिद गरको प्याज ८० रुपैयाँमा बेचेका थिए ।

बिहिबार पक्राउ गरिएका उनलाई कालो बजार तथा केही सामाजिक अपराध ऐन–०३२ अनुसार ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए । 

साह प्याजका होलसेल विक्रेता हुन । खुसी स्टोरमा लुकाएर राखेको ४ सय ५८ केजी प्याज प्रहरीले बरामद गरेको छ । साह प्याजका होलसेल विक्रेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप