शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसंघको महासभा भर्चुअल विधिबाट हुने, विश्वका १७३ नेताले सम्बोधन गर्ने

शुक्रबार, ०२ असोज २०७७, १२ : ५१
शुक्रबार, ०२ असोज २०७७

एजेन्सी । संयुक्त राष्ट्रसंघको अर्को हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका ११९ जना राज्य प्रमुखका साथै अरु ५४ जना सरकार प्रमुखहरुले सो सभालाई भर्चुअल विधिबाट नै सम्बोधन गर्न लागेका बताइएको हो । महासभा संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो निकाय हो । यो निकायको सम्मेलन यस पटक कोभिड १९ को संक्रमणका कारण यसरी भर्चुअल विधिबाट हुन लागेको बताइएको छ । उक्त महासभाका लागि प्रवक्ता ब्रेन्दन बर्माले सो कुराको जानकारी दिएका हुन् । बर्माले भनेका छन्, ‘बिहीबारसम्ममा १७४ जना विश्वका नेताहरुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।’

उनले यसरी सम्बोधन गर्नेहरुमा विश्वका राज्य प्रमुखहरुमा ११९ जना रहेका छन् । उनीहरुसमेत १७३ वटा देशका नेताहरुले सो महासभामा सम्बोधनका लागि दर्ता गराएका छन् । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा विश्वका देशका प्रतिनिधिहरु पुगिसकेका छन् । सदस्य राष्ट्रका नेताहरुले आफूले गर्ने सम्बोधनको रेकर्ड गरिएको प्रति पहिले नै उपलब्ध गराउने छन् र आ आफ्नो देशको पालो अनुसार उनीहरुको सो सम्बोधन प्रस्तुत गरिने छ ।

पहिलेका वर्षहरुमा करिब १०० वटा देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम रहेकोमा यस पटक भने भर्चुअल विधिबाटै गरिने भएकोेले सो संख्या धेरै हुन पुगेको बताइएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप