बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानको मर्म विपरित नेकपा केन्द्रीकृत प्रणालीमा अगाडी बढिरहेको छ : सिंह

शुक्रबार, ०२ असोज २०७७, १२ : २४
शुक्रबार, ०२ असोज २०७७

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरित केन्द्रीकृत प्रणालीमा अगाडी बढिरहेको आरोप लगाएका छन् । सर्वोच्च कमाण्डर गणेशमानसिंहको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले दुई तिहाइ बहुमत भएको पार्टी केन्द्रीकृत  प्रणालीलाई स्थापित गर्न अगाडी बढिरहेको आरोप लगाएका हुन् । संविधान कार्यान्वयनको चरणमा भएपनि सरकारको रबैया केन्द्रीकृत  प्रणालीमा जाने गरी अगाडी बढिरहेको उनले बताए ।

संविधान दिवसका पूर्वसन्ध्यामा नेता सिंहले देश संघीय संरचनामा गएर अहिले स्थानीय र प्रदेश सरकारहरु भएपनि उनीहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पु¥याइरहेको बताए ।

जनताहरु कोरोना महामारीको चपेटामा रहेपनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उनले बताए । महामारीका बेला गुर्नपर्ने न्यूनतम काम समेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उनले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको बताए ।

२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । कार्यक्रममा नेता सिंहले गणेशमान सिंहको फोटोमा माल्यार्पण गरेका थिए । वि.सं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप