बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना मुक्त भए देवीराम

शुक्रबार, ०२ असोज २०७७, १२ : २४
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’ कोरोनामुक्त भएका छन् । दुई साताअघि संक्रमण पुष्टि भएका उनी अहिले कोरोना मुक्त भएका छन् ।  कोरोना संक्रमित हुँदा पनि फेसबुकबाट जानकारी दिएका उनले अहिले कोरोना मुक्त हुँदा पनि फेसबुकबाटै जानकारी दिएका छन् । 

कोरोना मुक्त भएपछि फेसबुकमा उनले लेखेका छन् ‘मलाई फेसबुक, टेलिफोन, पत्रपत्रिका, प्रत्यक्ष वा परोक्ष्य रुपमा सुस्वास्थ्यको कामना गर्नु हुने तपाई तमाम आमा, बुबा, दाजु, भाइ, दिदी बहिनी, साथी, संगी, इष्टमित्र, पत्रकार, कलाकार सम्पूर्ण महानुभावप्रति हार्दिक आभार ब्यक्त गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु । आइ एम वेल नाउ अर्थात म अहिले ठिक छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप