शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साइप्रसबाट थप ६३ जना स्वदेश फिर्ता

शुक्रबार, ०२ असोज २०७७, १० : ५०
शुक्रबार, ०२ असोज २०७७

दिनेश गौतम

साइप्रसबाट बिहीबार थप ६३ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन । साइप्रसमा विभिन्न पेसामा आएर कोरोनाभाइरसको महामारीका कारण अलपत्र परेर बसेकाहरुलाई नेपाली राजदूतावास ईजरायल, गैर आवासीय नेपाली सघं साइप्रस र नेपाली कन्सुलेट साईप्रसले यहाँको आईओएमसँगको विशेष सहकार्यमा निःशुल्क स्वदेश फर्काइएको नेपाली राजदूतावास ईजरायलका प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार समस्यामा रहेका विद्यार्थी तथा कामदारहरुलाई आईओएम साईप्रसको विशेष पहलमा स्वदेश फर्काइएको र नाम दर्ता भएका अन्यलाई समेत छिट्टै सोही प्रक्रियाबाट स्वदेश फर्काइने जानकारी दिए ।

यस्तै कोरोना भाइरसकै कारणले नेपाल पठाउन केही ढिलाइ भएको भन्दै  विवेक अमगाइँ र रेनुका कोइरालाको शव यही सेप्टेम्बर १८ मा नेपाल जाने तय भएको प्रवक्ता घिमिरेले बताए ।

ईजरायलबाट नेपाल फर्कने क्रममा कोरोनाको पिसिआर परीक्षण रिपोर्ट नभएका कारण सेप्टेम्बर ९ देखि इस्तानबुलको एयरपोर्टमा अलपत्र पर्नुभएकी एक महिलालाई दुतावासले टर्कीका अधिकारीहरुसँग समन्वय गरि नेपाल फर्काउने प्रक्रियामा सहजीकरण गरेको समेत बताए ।

साइप्रस वा ईजरायलबाट नेपाल पmर्कन चाहनेले नेपाली राजदूतावास वा सम्बन्धित देशमा रहेका सामाजिक सघंसस्थाका प्रतिनिधिहरुसँग सम्पर्क गरेर राजदूतावासमा जानकारी गराउन घिमिरेले अनुरोध गरे ।

साइप्रसबाट नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गैरआवासीय नेपाली सघंका प्रमुख संरक्षक सुवास मल्ल , एनआरएनए साईप्रसका प्रतिनिधिहरु र  नेपाली अवैतनिक वाणिज्यदूत डा. राम जीवन पञ्जियारले विशेष पहल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप