सफ्ट पोर्न स्टार कमेन्टमा उर्मिला मातोंडकरले कंगना रनौतलाई घेरिन्
बलिउड नायिका कंगना रनौतले फिल्म इन्डष्ट्रिमा लगभग सबै कलाकारलाई टार्गेट गरिरहेकी छिन् । हालै उनले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’ भनेकी छिन् ।
एक समाचार च्यानलसँग अन्तरवार्ता दिने क्रममा कंगनाले उर्मिला मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभएको बताइन् । उनले उर्मिलालाई सफ्ट पोर्न स्टार भनिन् ।
वास्तवमा उर्मिला मातोंडकरले कंगना रनौतमाथि निशाना साँध्दै कंगनाले बिना कारण पीडित र महिला कार्ड खेलिरहेको बताइन् । उर्मिलाले भनिन्, ‘यदि उनले ड्रग्सको विषयमा लड्नु छ भने उनले आफ्नो राज्य हिमाचल प्रदेशबाट सुरु गर्नुपर्छ ।’
उर्मिला मातोंडकरमाथि कंगनाको यस्तो बयानपछि थुप्रै बलिउड कलाकारले कंगनालाई घेरिसकेका छन् । लगभग सबैजसो कलाकार उर्मिलाको समर्थनमा उत्रिएका छन् । उर्मिलाले कंगनाको सफ्ट पोर्न स्टारको जवाफ एक अन्तरवार्तामा दिएकी छिन् ।
उनले भनिन्, ‘कंगनाले ती मानिसहरुको नाम लिउन् जसले इन्डष्ट्रिमा ड्रग्स लिन्छन् । यदि कंगनाले यस्तो गर्छिन् भने उनको यो जानकारीका लागि थम्स अप दिने पहिलो महिला हुनेछु ।’
इन्डिया टुडेसँगको कुराकानीमा उर्मिलाले भनिन्, ‘के तिमीले लगातार म पीडित हुँ, पीडित हुँ भनेर भिक्टिम कार्ड खेलिरहनु पर्छ ? तिमीले यो निश्चित गर्नुपर्छ । यदि कंगनालाई यी सबै कुरा थाहा थियो कि उनी किन चुप बसिन् ? अगाडि आएर किन बोलिनन् ?’
उर्मिला थप्छिन्, ‘तिमीसँग आज जे छ नि, नाम– दाम, यी सबका लागि तिमीले मुम्बई र फिल्म इन्डष्ट्रिलाई धन्यवाद भन्नुपर्छ । तिमीले पहिले नै यस्ता विषय किन उठान गरिनौ ? पछिल्लो केही महिनादेखि मात्रै तिमीले यी सबै किन बोलिरहेकी छौ ? समय निकै उदेक लाग्दो लागिरहेको छ । परिस्थिती पनि अचम्मको लागिरहेको छ ।’
उनले थपेकी छिन्, ‘यदि कोही चिच्याइरहेको छ भने ती व्यक्तिले वास्तविकता नै बोलिरहेको छ भन्ने हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति