८ तस्विरमा हेर्नुहोस् जनकपुर आउँदै गरेको नेपाली रेल
शुक्रबार, ०२ असोज २०७७, १० : १२

भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ । भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन् ।
२ वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । विभागका महानिर्देशक मिश्रले रेलको फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । फोटोमा नेपाली रेल आकर्षक देखिएको छ । छिट्टै रेल सञ्चालन गर्ने तयारी गरेको विभागले आवश्यक कर्मचारीका लागि विज्ञापन समेत खुलाएको छ ।
तस्विरहरु : बलराम मिश्रको फेसबुक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन