केन्द्रीय संस्करण

चीनमा महिना दिनपछि भेटिए यति धेरै कोरोना संक्रमित

person explore access_timeअसोज २, २०७७ chat_bubble_outline0

चीनको मेनल्याण्डमा बिहिबार कोभिड–१९ का ३२ नयाँ संक्रमित भेटिएका छन् ।

चिनियाँ स्वास्थ्य अधिकारले शुक्रबार दिएको जानकारीमा भेटिएका नयाँ संक्रमितको संख्या एक महिनापछिको सबैभन्दा धेरै भएको बताएका छन् । अघिल्लो दिन अर्थात् बुधबार यहाँ ९ नयाँ संक्रमित भेटिएका थिए ।

हुन त यो संख्या तुलनात्मक रुपमा कम नै हो तरपनि अगस्ट १० पछिको सबैभन्दा धेरै संख्या यहि नै हो ।

नेशनल हेल्थ कमिशनले एक वक्तव्य जारी गर्दै भेटिएका सबै नयाँ संक्रमित बाहिरबाट आएको जानकारी दिएको छ । संक्रमितमध्ये १३ जना उत्तर–पश्चिम सान्क्सी प्रान्तका हुन् भने १२ जना साङ्घाइका हुन् ।

चीनको मेनल्याण्डमा अगस्टको मध्यदेखि नै स्थानीय संक्रमित छैनन् ।

साङ्घाइको सरकारले शुक्रबार १२ मध्ये ९ नयाँ बिरामी – सबै चिनियाँ नागरिक– सेप्टेम्बर १६ मा विमानमार्फत् मनिलाबाट साङ्घाई यात्रा गरेको बताएको छ ।

साङ्घाइले विमानको नाम भने खुलाएको छैन । यद्यपि, एउटा नयाँ विज्ञप्ति जारी गर्दै साङ्घाईले मनिला–साङ्घाई यात्रा गर्ने दुईवटा फ्लाइट कोभिड–१९ को जोखिमका कारण रद्द गरेको जानकारी दिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.